प्रधानमन्त्री यसरी झुक्किएछन् !
Advertise Here Book Now

काठमाडौँ- ‘दलहरूबीच सोमबारसम्म सहमति हुँदैन भने संविधानको मस्यौदा बनाउनेअधिकार मलाई दिनोस्’ भनेर सभामुखले प्रस्ताव गर्दा सबैभन्दा पहिले समर्थन गर्ने नेता थिए प्रधानमन्त्री सुशील कोइराला । एमाओवादी र मधेसी दलका नेताले मात्र होइन, मस्यौदा समितिका सभापति तथा कांग्रेस महामन्त्री कृष्ण सिटौलाले समेत सभामुखको प्रस्तावमा असन्तुष्टि जनाए । तर पनि त्यसमा खासै वास्ता नगरी प्रधानमन्त्री बालुवाटार पुगे । प्रधानमन्त्री पुग्दा–नपुग्दै बालुवाटार पुगेका सिटौलाले सभामुखको प्रस्तावमा किन समर्थन गर्नुभयो भनेर प्रधानमन्त्रीसँग जिज्ञासा राखे । उनले कांग्रेस र एमालेबीच पहिले समझदारी भएजस्तै प्रक्रियामा जाने प्रस्ताव आएकाले समर्थन गरेको बताए । तर, सभामुखले त प्रक्रियाका लागि प्रश्नावली बनाउने संवाद समिति, मस्यौदा लेख्ने मस्यौदा समिति र जनतासँग राय माग्ने नागरिक सम्बन्ध समिति खारेज गर्नेलगायत ११ वटा महत्त्वपूर्ण नियम निलम्बन हुन्छन् भनेर बुझाए, नयाँ पत्रिका दैनिकमा खबर छ  । सभामुखको प्रस्तावअनुसार र प्रक्रिया पनि अवरुद्ध गरेर सर्वाधिकार सभामुखलाई जान्छ र दल र नेताको भूमिका सकिन्छ भन्ने सुनेपछि झस्कँदै प्रधानमन्त्रीले भने, ‘मलाई त यस्तो थाहै भएन, चिनकाजीले के सल्लाह गरेछन् यस्तो ?’ सिटौलाले नै कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई तत्कालै बालुवाटार बोलाए । ‘यो विषयमा सभामुखसँग तपार्इंको के छलफल भएको थियो, प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्दैन ?’ सिटौलाले चिनकाजीलाई सोधे । चिनकाजीले सभामुखले आफूलाई पनि त्यस्तो जानकारी नदिएको बताए । सिटौलाले नपत्याएपछि चिनकाजीले कसमसमेत खाए । त्यसपछि संविधान निर्माणको जस–अपजस राजनीतिक दलहरूले लिने भन्दै सभामुखलाई सर्वाधिकार नदिने ‘पोजिसन’मा पुग्यो कांग्रेस । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्