आफ्नै छोरी गर्भवती बनाउँने हिरासतमा
Advertise Here Book Now

राहुल यादव 
उदयपुर, २२ पुस ।
आफ्नै छोरीलाई पटक पटक जवरजस्ती बलात्कार गरी गर्भवती बनाएको आरोपमा उदयपुरको पूर्वी पहाडी गाविस चौदण्डी ६ शिखरपुरका ३५ वर्षीय ध्रुव राई (पीडित पहिचान हुँनाले नाम परिवर्तन) पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत १४ वर्षीया छोरी अनुष्का (नाम परिवर्तन) लाई करणीगरी गर्भबती बनाएको आरोपमा पक्राउ परेका हुन् ।
घटनाका पीडित बालिकाको सहमतिपछि स्थानीयले प्रहरीमा उजुरी दिएको गाविसकी सामाजि परिचालिका सम्झना राईले बताइन् । उजुरीको आधारमा बलात्कार संलग्नलाई इलाका प्रहरी कार्यालय बेल्टारले घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
धेरै पहिलादेखि धम्क्याउँदै बलात्कार गर्दै आएका बाबुले उनलाई पछिल्लो पटक आमा माइत गएकी बेला पुस १५ गते करणी गरेको पीडितलाई उधृत गर्दै जिप्रका उदयपुरका प्रहरी निरीक्षक डील्ली चौहानले बताए । परिवारको संरक्षक मानिने बाब स्वयंबाट बलात्कृत भएकाले कसैलाई नभनेकी तर, केहीसमय अघि विद्यालयमै विरामी भएपछि स्वास्थ्य जाँचको क्रममा घटना सार्वजनिक भएको बताइएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण गराउँदा सातमहिने गर्भ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्