लाखौंको गहना लिएर श्रीमती अर्कैसँग भागेपछि…
Advertise Here Book Now

Shrimitiसिरहाको दक्षिणवर्ती गाविस हकपाडाकी एक महिलाले श्रीमानको घरबाट करिब छ लाख रुपैयाँभन्दा बढीको गरगहना लिएर अर्का केटासँग भागेकी छन् ।
वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीहरु परपुरुषसंग लागेर आफ्नो श्रीमानले कमाएर पठाएको रुपैयाँ खर्च गर्ने तथा भाग्ने गरेका घटना बेलाबेलामा सार्वजनिक भैरहेका बेला सिराहमा एक शिक्षककी पत्नी घरको धन लिएर अर्कसंग भागेकी हुन् ।
समाचार अनुसार आफहकपाडा–३ का जयराम यादवकी २० वर्षीया श्रीमती सुचिताकुमारी यादवले घरमा भएको सबै गरगहना लिएर सोही गाविस वडा नं ३ का सन्तोष यादवसँग टाप कसेकी हुन् । श्रीमतीले घरमा रहेको अन्दाजी रु छ लाखभन्दा बढीको गरगहना र रु ८१ हजार नगद लिएर अर्का केटासँग भागेको पीडित जयरामले जानकारी दिनुभयो ।
पीडित जयरामका अनुसार श्रीमती सुजिताले सुनका नौ तोला चार आना गरगहना, ९१ तोलाको दुईवटा चाँदीको हसुली, ४० तोलाको चाँदीको काँडा, आठ तोला चाँदीको पाउजु, १० तोला चाँदीको पाइत र रु ८१ हजार नगद लिएर भागेकी छन् ।
भएको सबै गरगहना लिएर श्रीमती फरार भएपछि आफूहरू समस्यामा परेको पीडित जयरामले भन्नुभयो । उहाँले भन्नुभयो, “अर्का केटासँग किन भाग्यो मलाई केही थाहा छैन ।”
“सुचिता पहिलोपटक पुस १४ गते आफ्ना भाइलाई भेट्न लहान गएकी थिइन्, त्यहीबाट बेपत्ता भइन्”, सुजिताका श्रीमान् जयरामले भन्नुभयो, “त्यसपछि दिनरात खोजी गरेँ । जनकपुरमा रहेको थाहा पाएर त्यहाँ पुगेर घर ल्याएँ । तर फेरि माघ २ गते गरगहना र नगद लिएर फरार भइन् ।”
महदेवा पोर्ताहा गाविस–३ माइत भएकी सुजिताको विवाह जयरामसँग गत वर्ष माघ २० मा भएको थियो । जयराम सिरहा सदरमुकामस्थित निजी विद्यालयका शिक्षक हुन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्