गाँउ परिषद सम्पन्न
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २२ पौष ।
सिरहा जिल्ला अन्तर्गत रहेको डुमरी गाबिसका आर्थिक बर्ष २०७२–०७३ को गाँउ परिषद बैठक मंगलबार सम्पन्न भएको छ । परिषदमा आर्थिक बर्ष २०७१–०७२ को बजेटको समिक्षा गर्दै अगामी आर्थिक बर्ष  २०७२–०७३ को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाँउ परिषद बैठकबाट सडक, खुल्लादिशा मुक्त, स्टेट बोडिंग, प्राबि स्तरका बालबालिकाको लागि पोशाक, महिला शिप तालिम, अपांग, ज्येष्ट नागरिक आ पिछडाबर्ग लगायतका शिर्षकमा १२ लाख ९१ हजार ४ सय रुपैया छुटयाईएको छ । गाबिस सचिब हरिकृष्ण मैनालीको अध्यक्षता तथा बिन्दे सुनैन यादबको प्रमुख आतिथ्य र स्थानिय उपस्बास्थ्य चौकीका इन्चार्ज जयराम यादबको आतिथ्यमा सम्पन्न भएको परिषदमा नेपाली कांग्रेसका सुर्यनाथ यादब, नेकपा एमालेका बिष्णु प्रसाद यादब, एमाओबादीका संजिब कुमार मंडल, मधेशी जनअधिकार फोरम नेपालका चन्द्र ठाकुरको सहभागिता रहेको थियो । त्यस्तै, नेमकिपाका हरि यादब, नेकपा संयुक्तका  राजदेब यादब, दलित जनजाति पार्टीका जुगुतलाल मंडल, राष्ट्यि जनशक्ति पार्टीका प्रमोद कुमार यादब, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका देब सागर यादब, तमलोपाका जिबछ प्रसाद यादब, सदभाबना पार्टीका शिबु यादब, राप्रपा नेपालका राम शरण साह र खानेपानि सरसफाइका श्याम कुमार साह लगायत स्थानियबासी, नागरिक समाज, बुद्धिजिबि, शिक्षक, बिद्यार्थी पत्रकार लगायतका उल्लेखनिय सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्