सिरहा जिल्ला प्रशासनले गाविस कार्यालयबाट मोटो रकम उठाएको खुलासा
Advertise Here Book Now

(रामभरोसी महतो)
सिरहा, २१ पुस । नागरिकता अभिलेखीकरणका लागि जिल्ला प्रशासन कार्यालय सिरहाले गाविस कार्यालयहरुबाट मोटो रकम उठाउने गरेको खुलासा भएको छ ।
सिरहाको गाविस कार्यालय अयोध्यानगरले सोमबार गरेको गाविस परिषद्मा पेश गरिएको कागजातबाट यस्तो खुलासा भएको हो । गाविस कार्यालयले परिषदमा पेश गरेको आर्थिक बर्ष २०७०÷७१ को योजना विवरण र वार्षिक आय-व्यय विवरणमा जिल्ला प्रशासन कार्यालयलाई नागरिकता अभिलेखीकरणका लागि बीस हजार दिएको खर्च विवरण उल्लेख गरेपछि यस्तो खुलासा भएको हो । गाविस कार्यालयले परिषदमा पेश गरेको आर्थिक बर्ष २०७०÷७१ को योजना विवरण र बार्षिक आय÷व्यय विवरणमा अनुसार जिल्ला प्रशासन कार्यालयले गाविस कार्यालयहरुबाट गैरकानुनी रकम असुल्ने गरेको देखिएको छ ।
गाविस सचिव सन्जिब राईको हस्तारिक्ष्ँ आर्थिक बर्ष २०७०÷७१ को योजना विवरणमा जिल्ला प्रशासन कार्यालयलाई नागरिकता अभिलेखिकरण शिर्षकमा बीस हजार रुपैयाँ दिएको अनुमोदन गराएपछि प्रमुख जिल्ला अधिकारीले गैरकानुनी रकम असुली गर्ने गरेको देखिएको हो ।
नाम उल्लेख नगरिदिन भन्दै गाविस सचिवहरुले जिल्ला प्रशासन कार्यालयले नागरिकता अभिलेखिकरणको नाममा रुपैया लिने गरेको बताउनुभयो । उहाहरुले भन्नुभयो –‘गाविसका जनताहरुको रेकर्ड दुरुस्त राख्नलाई जिल्ला प्रशासनको बजेटले नपुग्ने भन्दै रुपैया माग्दै आएको छ । प्रमुख जिल्ला अधिकारीले स्थानीय विकास अधिकारी सहितको वैठकमा नै भन्नुभयो पछि हामीले दिनैपर्छ ।’
गाविस सचिवहरुका अनुसार जिल्ला प्रशासन कार्यालयले गाविस कार्यालयबाट रुपैया लिने गरेपनि लिखित रुपमा पत्राचार गरेका छैनन् । प्रमुख जिल्ला अधिकारीको नाम दिए आफूलाई नै कार्वाहीमा पर्ने भन्दै एक गाविस सचिवले भन्नुभयो –‘आफ्नै माथिल्ला निकायका कार्यालयबाट रकम माग गरेपछि नदिइकन काम गर्न नै असहज हुने गर्छ ।’
सोही गाविसको आव २०७०÷७१ को योजना विवरणमा पशुसेवा कार्यालय गोलबजारलाई रु तीसहजार र सोही गाविसको उपस्वास्थ्य चौकीमा औषधी खरिदका लागि २५ हजार रुपियाँ दिएको खर्च विवरण सार्वजनिक गरी स्थानीयबाट अनुमोदन गराएका छन् ।
आर्थिक बर्ष २०७०÷७१ मा सिरहामा रहेको ९९ सय गाविसबाट २० हजारका दरले जिल्ला प्रशासन कार्यालयले रकम लिएको भएपनि १९ लाख ८० हजार गैरकानुनी तरिकाले असुलेको देखिन्छ । तर जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खॉले सो रकमको बारेमा आफूलाई थाहा नभएको बताउनुभयो । वहाले भन्नुभयो –‘म जेठ ०६ गते देखि सिरहामा आएको हु‘ । मलाई त्यो रकमको बारेमा थाहा पनि छैन । र मैले मागेको पनि छैन ।’ वहाले अगाडि थपे –‘जिल्ला प्रशासनको बजेटले सवै खर्च नपुग्ने गरेकाले प्रविधिमा नागरिकताको रेकर्ड राख्नलाई लाग्ने खर्च र कम्प्युटर अपरेटरहरुलाई तलब खुवाउन विगतमा मागेको हुनसक्छ ।’
यता, सिरहाका स्थानीय विकास अधिकारी गोपाल अधिकारीले आफूलाई सो बारे जानकारी नभएको र त्यसरी लिन पनि नमिल्ने बताउनुभयो । वहाले भन्नुभयो –‘जिल्ला प्रशासनबाट त्यस्तो प्रस्ताव पनि आएको छैन । यदि कुनै गाविसले दिएको छ भने मलाई पनि भन्नुहोस् त्यसबारे बुझ्छु ।’

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्