एउटा व्यायाम, जसबाट थाहा हुन्छ मानिसको मृत्युको समय
Advertise Here Book Now

पुस २१- ब्राजिलका फिजिसियनहरुले एउटा साधारण व्यायामबाट मानिस कति लामो समयसम्म बाँच्न सक्छ भन्ने सिद्धान्तको विकास गरेका छन् । कुनै पनि कुराको सहाराविना बस्ने र फेरि उठ्ने अभ्यासले मानिसको आयु थाहा पाउँन सकिने उनीहरुको निष्कर्ष छ ।
excersiseफिजिसियनहरुको समूहले मानिसको लचकता र तागतलाई मापन गर्ने ‘बस्ने–उठ्ने’ परीक्षण पद्दति विकास गरेका हुन् । उनीहरुले यो पद्दतिअन्तर्गत अंक प्रणाली विकास गरेका छन् । यसअन्तर्गत जसले १० मा ३ अंक प्राप्त गर्छन्, उनीहरुको मृत्यु ६ वर्षभित्र हुने सम्भावना ८ अंक पाउँनेभन्दा ५ गुणा बढी हुन्छ ।
रियो दि जेनेरियोको गामा फिल्हो विश्वविद्यालयका क्लाउडिओ गिल आराउजुलगायतको समूहले खेलाडीको लचकपना थाहा पाउन एसआरटी (सिटिङ राइजिङ टेष्ट)को विकास गरेका हुन् । अब उनले यो पद्दतिलाई मानिसहरुको जीवनशैलीसंग जोडेका छन् । उनले यस पद्दतिलाई आफ्ना बिरामीको शरीरको मांसपेशीलाई सक्रिय र सन्तुलित राख्न उत्प्रेरित गर्न प्रयोग गर्ने गरेका छन् । उनका अनुसार उमेरसंगै हामीहरुको मांसपेशी कमजोर हुँदैं जान्छ र सन्तुलन पनि गुमाउँदैं जान्छ, त्यसको अर्थ हो मानिस कमजोर हुँदैं गइरहेको छ ।

के गर्न हुन्छ, के हुँदैंन ?
कुनै पनि मेशिन नचाहिने भएकाले यो परीक्षण जो सुकै पनि गर्न सक्छन् । तर, आर्थराइटिसका रोगीले गर्न नहुने डाक्टरहरुको सल्लाह छ । यसमा आफूलाई सजिलो हुने कपडा लगाउनुपर्छ, जुत्ता लगाउनुहुन्न र वरिपरि यथेष्ठ स्थान छ भन्नेमा पक्का हुनुपर्छ ।

कसरी गर्ने ?

विना सहारा बस्नुहोस् र फेरि हात, घुँडा या पाखुराको सहायता विना उठ्नुहोस् । यसमा बस्दाखेरि ५ अंक र उठ्दा ५ अंक गरी १० अंकको गणना गरिन्छ । हात वा घुँडाको सहायता लिएका आधारमा प्रत्येकपटक एक अंक घटाइन्छ । सन्तुलन गुमाएको अवस्थामा आधा अंक घटाइन्छ ।
यो अध्ययन युरोपियन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित गरिएको छ । यसमा अनुसन्धानकर्ताहरुले ५१ देखि ८० वर्षका बीचका २००२ जना वयस्कहरु कसरी यो परीक्षणमा सहभागी भए भन्ने उल्लेख गरेका छन् । यसअनुसार १० अंकमा ८ अंक प्राप्त गर्नेहरुको ६ वर्षभित्र मृत्यु हुने सम्भावना डब्बल भएको पाइएको थियो ।(डेली मेलको सहयोगमा तयार पारिएको समग्री)

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्