काठमाडौं १२ फागुण । साँस्कृतिक संरक्षण एवं प्रर्वद्धनका लागि काठमाडौंमा धोती -याली हुने भएको छ ।
फागुण १६ गते शनिबार काठमाडौंमा धोती -याली हुने -याली आयोजक मध्येका एक राजेश जलानले हुलाकी न्यूजलाई बताएका छन् ।
शनिबार विहान साँढे १० बजे शहीद गेटबाट सुरु हुने -याली माईती घर मण्डला हुँदै नयाँ बानेश्वरको संविधानसभा भवनको पश्चिम गेट अगाडि शान्तिपुर्ण धर्ना दिनेछ ।
-यालीमा सहभागीहरु मधेशको साँस्कृतिक पहिरणमा उपस्थित हुनेछन् । धोती, कुर्ता र गम्छासहित वा कुनै एक पहिरणमा पनि सहभागी हुन सक्ने आयोजकले बताएका छन् ।
उनले सम्भव भए धोती नभए अन्य पहिरणमा पनि सहभागी हुन आग्रह गरेका छन् । जलानका अनुसार उक्त -यालीमा सम्पूर्ण मधेशी युवा, विद्यार्थी, कर्मचारी, अधिकारकर्मी तथा समाजसेवीहरुलाई उपस्थित हुन आग्रह गरिएको छ ।
हुलाकीसँग जलानले भने, मधेशको साँस्कृतिक पहिचानका लागि हामीले पहिलो पटक काठमाडौंमा धोती -यालीको आयोजना गरेका हौं । यो एतिहासिक -याली छ । यसमा सहभागी हुन सम्पूर्ण मधेशीहरुलाई आग्रह गर्दछु । तपाईकै सञ्चारमाध्यमबाट पनि सबैलाई आमन्त्रणा दिन चहान्छु । यो विशुद्ध साँस्कृतिक -याली हो । पहिचानको लडाईमा यो एउटा समर्थक एवं सांकेतिक कार्यक्रम हो ।
काठमाडौंमा शनिबार धोती -याली हुने
Advertise Here Book Now