‘बदला’ लिन किशोरीमाथि एसिड आक्रमण
Advertise Here Book Now

काठमाडौं, ११ फागुन ।
काठमाडौंको ट्युसन सेन्टरमा दुई किशोरीमाथि भएको एसिड आक्रमण बदलाको भावनाबाट ओतप्रोत भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । यता एसिड खन्याइएका किशोरीहरुका साथी तथा आफन्तहरुले तत्काल अभियुक्तको पक्राउका लागि प्रहरीलाई दबाब दिएका छन् । 60468aa82473fd32700d48478784d483_Lसोमबार वसन्तपुरमा एसिड खन्याइएका किशोरीका आफन्त र साथीहरुले अभियुक्त पक्राउका लागि दबाब दिदैं प्रहरी समक्ष प्रदर्शन गरेका छन् । उनीहरुले तत्काल आभियुक्तलाई पक्राउ गरी सख्त कारवाही गर्नुपर्ने माग गरेका छन् । प्रहरीले एसिड छ्यापिएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा केही सुराकहरु फेला पारेको छ । बदलाको भावनाबाट घटना भएको प्रहरकिो अनुसन्धानले देखाँउछ । एसिड छ्यापिएकी संगीता पुलामी मगरको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । उनको अनुहार र छातीका साथै शरीरको अन्य भागमा समेत एसिड परेको छ । एसिड छ्यापिएकी अर्की घाइते सीमा बस्नेतको पनि वीर अस्पतालमा उपचार भएको छ । प्रहरीले किशोरीका साथीहरुसंग सोधपुछ गरिरहेकोे बताएको छ । एसएलसीको तयारीका क्रममा ट्युसन पढ्न बसन्तपुरको झोछें स्थित ए प्लस ट्युसन कक्षामा बसिरहेको बेला संगिता र सीमामाथि आइतबार विहान एसिड छ्यापिएको थियो । बोतलमा एसिड लिएर आएका युवकले एसिड छ्यापेर भागेको घाइते सीमाले प्रहरीलाई बताएकी छिन् । 

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्