मधेशमा पनि स्वाइन्फ्लूको संत्रास, स्वास्थ्य कार्यालय बेखवर
Advertise Here Book Now


 लहान १२ फागुन । भारतमा स्वाइनफ्लुको महामारी फैलिँदै गएपछि राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशाला एनपीएचएलको परीक्षणमा स्वाइनफ्लुको संक्रमण प्रमाणित हुनेको संख्या ५ पुगेको छ । नेपालमा पनि दक्षिणी सीमा नाकामा सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन् ।  तर, स्वास्थ्य तथा सरकारीस्तरबाट कुनै कार्यक्रम नल्याएकोले यहां संक्रमणको त्रास फैलिएको छ । उता, संक्रमित पाँचै जना भारतबाट फर्किएका नेपाली हुन् । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक मरासिनीका अनुसार राजधानीबाट संकलित २, पोखराबाट संकलित २ र भरतपुरबाट संकलित एउटा नमुनामा स्वाइन फ्लु देखिएको हो । उनीहरुलाई एन्टिभाइरल औषधि दिएको उल्लेख गर्दै मरासिनीले भने ‘परीक्षणका लागि अब राजधानी बाहिरबाट पनि नमुना मगाउन लागेका छौं ।
यता, सीमावर्ती भारतको मधुवनी तथा सीतामढी जिल्लासँग जोडिएका मधेशका जिल्लाहरु सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाअन्तर्गत रहेका नेपाल प्रवेश गर्ने मुख्य सीमा नाकामा रहेका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने मानिसमाथि विशेष निगरानी राख्दै उच्च सतर्कता अपनाएका हुन् ।
मधेशमा जनस्वास्थ्य कार्यालयले स्वाइनफ्लुलाई दृष्टिगत गरी सीमा क्षेत्रमा सहायता कक्ष नराखेकाले बाध्य भएर सुरक्षाकर्मीले आफँै निगरानी बढाएका हुन् ।
दैनिक सयौं मानिसको ओहरदोहर हुने ठाडी, माडर, जटहीलगायतका नाकाबाट कुनै पनि बेला सङ्क्रमित व्यक्ति प्रवेश गर्न सक्ने भएकाले सीमाक्षेत्रमा निगरानी थालिएको एक प्रहरीले जानकारी दिए ।
तर स्वास्थ्य संस्थाले सीमाक्षेत्रमा सहायता कक्ष नराखेकाले भारतबाट फर्किने कस्तो व्यक्तिलाई निगरानीमा राख्ने र स्वाइनफ्लुको लक्षण कस्तो देखिने भन्ने बारेमा भने सुरक्षाकर्मी भने अनभिज्ञ रहेकाले समस्या देखिएको ठाडी नाकाका एक सुरक्षाकर्मीको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहा तथा सरकारीस्तरमा हालसम्म कुनै कार्यक्रम नरहेको स्रोतको दावी छ ।
भारतमा स्वाइन फ्लुबाट करिब आठ सयको मृत्यु भएसकेको छ भने १३ हजारभन्दा बढी प्रभावित छन् । सरकारले जनस्तरमा रोगबारे व्यापक प्रचारप्रसार गर्नुपर्ने स्थानीय व्यक्तिहरुको माग रहेको छ ।                                                                                                                                             Source:Nawsangram.com

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्