काँग्रेस नेतृको घरमा यौनधन्दा, दुई युवती पक्राउ
Advertise Here Book Now
एजेन्सी । भारतको मेरठस्थित मोदीपुरम क्षेत्रको पल्हेडास्थित एक कोलोनीमा रहेको यौन अखडाबाट दुई जनालाई पक्राउ गरेको छ । काँग्रेस नेतृको उक्त घरबाट अन्य केही युवाहरु भने भाग्न सफल भएका छन् ।
संगठित रुपमा प्रहरीले यौन अखडा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । प्रहरीले छापा मारेपछि छतबाट केही युवाहरु भागेपनि दुई जना युवतीहरु पक्राउ परेका थिए ।
पक्राउ परेका युवतीहरुविरुद्ध समाजमा विकृति फैलाएको भन्दै मुद्दा चलाइएको छ । ती काँग्रेस नेतृ को हुन् भनेर नखुलाइएपनि उनको काँग्रेस आइकी अध्यक्ष सोनिया गान्धीसँग राम्रो सम्बन्ध रहेको उल्लेख गरिउको छ ।
यसैबीच काँग्रेसका स्थानीय नेता विनय प्रधानले भने तीन वर्षदेखि उनी यस्तो गतिविधिमा सम्लग्न रहेको र पार्टी काममा नरहेको प्रष्टिकरण दिएका छन् ।