विद्युत महशुल नतिर्नेको लाइन काटन शुरु
Advertise Here Book Now

पूर्वी पहाडी जिल्ला भोजपुरमा नेपाल बिद्युत प्राधिकरणले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटन शुरु गरेको छ ।

प्राधिकरण भोजपुरमा तीन महिना भन्दा बढी अवधीसम्म पनि बिद्युत महशुल भुक्तानी नगर्ने ग्राहकको बिद्युत लाइन काटन शुरु गरिएको नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख खगेन्द्रबहादुर भण्डारीले बताए ।
प्राधिकरणले आइतवार जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी बस्ने क्वाटरहरुको लाइन काटेको छ । ती कार्यालयहरुले प्राधिकरणमा तिन महिना भन्दा बढी अवधीसम्म बिद्युत महशुल भुक्तानी गर्न बाँकी देखिएकाले लाइन काटिएको प्राधिकरण भोजपुरका प्राबिधिक देवेन्द्र ठाकुरले बताए ।
प्राधिकरणले शुक्रवारबाट लामो अवधीसम्म महशुल भुक्तानी नगर्ने ग्राहक तथा सरकारी कार्यालयहरुको बिद्युत लाइन काटन शुरु गरेको हो । प्राधिकरणले बिद्युत लाइन महशुल तिर्न बाँकी रहेका सवै ग्राहक र कार्यालयको लाइन काटिने जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्