फागुन ११ गतेदेखि विश्व कल्याणार्थ सीताराम नाम जप महायज्ञको आयोजना हुने
Advertise Here Book Now

सप्तरी, फागुन ९ गते । लामो समयको तयारी पछि सप्तरीको शम्भुनाथ नगरपालिका स्थित कठौना बजारमा फागुन ११ गतेदेखि विश्व कल्याणार्थ सीताराम नाम जप महायज्ञको आयोजना हुने भएको छ । 
उक्त महायज्ञको उद्घाटन प्रधानमन्त्री शुशील कोइरालाले गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । आयोजक समितिका अध्यक्ष उम्देश्वर प्रसाद साहले महायज्ञको बारेमा जानकारी दिनुहुँदै महायज्ञको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले महायज्ञमा १ सय ८ मण्डप रहेको जानकारी दिनुहुँदै एक करोड ५१ हजार रुपैयाँको अनुमानित लागतमा कार्यक्रमको आयोजना भइरहेको बताउनुभयो ।
महायज्ञ उद्घाटनको अघिल्लो दिन फागुन १० गते पाँच हजार सहभागीद्वारा स्थानीय देवधार नदीबाट जल भरेर कलश यात्रा निकालिने जानकारी दिनुहुँदै उहाँले महायज्ञका लागि सम्पूर्ण तयारी पूरागरीसकेको र थपकाम शनिबार ९ गते सम्ममा पूरा भईसक्ने बताउनुभयो ।
विश्व शान्ति स्थापना तथा विश्व कल्याणको भावना जागृत गराउने मुख्य उद्देश्य लिएर श्री श्री १०८ बाबा राघबेन्द्र दास त्यागी महाराजको मार्गदर्शनले गर्न लागेको उक्त महायज्ञमा त्यागी महाराजले २ महिना अगाडी देखि नै सो ठाउँमा समाधीगरी बस्नुभएको छ । विश्व कल्याणार्थमा आफ्नो जीवन सम्पर्ण रहेको बताउनुहुँदै बाबा राघबेन्द्रले मानवको आचरण सुधरीए सबै थोक सुध्रिने बताउनुभयो ।
महायज्ञको मुख्य आकर्षण रहेको ५२ फिटको हनुमानको मूर्ती १०८ मण्डप, भागवत संकृतन, रासलिला, रामायण तथा १ सय १५ किर्तन मण्डलीद्वारा २४ औं घण्टा रामनामजपको किर्तन जसमा प्रत्येक टोलीमा २१ जना गरी २१ सय ६० जना रहने आयोजक समितिका सचिव कृष्णनारायण चौधरीले जानकारी निुभयो । उक्त महायज्ञ फागुन २० गते समापनहुने छ । भारतको बृन्दावनबाट आएका सङ्गीतमय भारत विख्यात भारत भूषण शास्त्रीद्वारा भागवत वाचन, रामलीला, रासलीलासमेत महायज्ञमा प्रस्तुत हुने आयोजक समितिले जनाएको छ । महायज्ञको उद्घाटन पछि एक सय आठ किलोको एउटै लड्डु बनाएर चढाईने सचिव चौधरीले बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्