जनकपुरमा राष्ट्रिय सांस्कृतिक मेलाको रौनक ( फोटो फिचर)
Advertise Here Book Now
शैलेन्द्र क्रान्ति -
जनकपुरधाम, फाल्गुन १४ गते ।
सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाध्न एवं सबै जात जातीको भषा , कला संस्कृतिलाई संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यले जनकपुरको जानकी मन्दिर परिसरमा बिहीबार अयोजित राष्ट्रिय सांकृतिक मेला सम्पन्न भएको छ । नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानकोको अयोजनामा भएको सो मेलामा नेपालका विभिन्न क्षेत्रका कलाकारहरुले गीत संगीत एव लोक नृत्य प्रस्तुत गर्दै सहभागी हजारौ दर्शकहरुलाई झुमाएका छन् ।
एक दिनको अयोजित सांकृतिका कार्यक्रममा नेपाली भाषका प्रसिद्ध गायक गायीकाहरुहरु रामकृष्ण ढकाल, रिमा गुरुङ् ,संजय तिम्रौन लगायतले आफ्ना सुरिलो स्वरमा नेपाली गीतहरु गाउँदै दर्शहरुलाई नचाएका छन् । त्यस्तै मिथिलाका प्रसिद्ध गायकगायीकाहरु नविन मिश्र, सुनिल मल्लिक, ललित कापड, सुनिता देवी, शिवानी भगत लगायतले मैथिली भाषाका गीतहरु प्रस्तुत गरी दर्शकहरुलाई अकर्षित गरेका थिए ।
मिथिला नाट्यकला परिषद एवं जनकपुरको रामानन्द यूवा क्लवको सहयोगमा भएको सो संस्कृतिक मेलामा हिमाल ,पहाड एव तराईका विभिन्न प्रख्यात नृत्यहरुसमेत कलाकारहरुले पस्कदै सहभागिहरुलाई उत्साहित बनाएका छन् ।
मुलुक भित्र रहेको हरेक जात जाती , भाषाभाषीको कला संस्कृति एवं परम्परालाई जगेर्ना एव एकले अर्कालाई सम्मान गर्ने भावनाको विाकास एवं संदेश प्रवाह गर्ने उद्देश्य स्वरुप कार्यक्रमको अयोजन गरेको अयोजकले जनाएको छ । सांकृतिका कार्यक्रम हेर्न जानकी मन्दिर परिसरमा हजारौ दर्शहरु खचाखच भरिएको थियो ।