योजनाबद्ध आक्रमण भयो : एमाओवादी
Advertise Here Book Now
काठमाडौं । शनिबार एमाओवादी नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा तीनकुनेबाट खुलामञ्चतर्फ आउँदै गरेको जुलुश मीनभवन पुग्दा प्रहरीको हस्तक्षेपको शिकार भयो । निषेधित क्षेत्र पार गर्न लागेको भन्दै प्रहरी हस्तक्षेप भएको थियो ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले प्रहरी हस्तक्षेमा परेर घाइते भएका नेता तथा कार्यकर्ताको निःशुल्क उपचार गर्न माग गर्नुभएको छ ।
“बिना कुनै आधार निषेधित क्षेत्र तोडेको आरोपमा नेता तथा कार्यकर्तामाथि जानी–जानी प्रहार गरिएको छ । त्यस क्षेत्रमा रहेका प्रहरीका अधिकृत तथा आक्रमणकारी प्रहरीलाई कारबाही हुनुपर्छ”–प्रवक्ता शर्माले भन्नुभयो ।
त्यसलाई एमाओवादीले सरकारले योजनावद्ध रूपमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको छ ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले प्रहरी हस्तक्षेमा परेर घाइते भएका नेता तथा कार्यकर्ताको निःशुल्क उपचार गर्न माग गर्नुभएको छ ।
“बिना कुनै आधार निषेधित क्षेत्र तोडेको आरोपमा नेता तथा कार्यकर्तामाथि जानी–जानी प्रहार गरिएको छ । त्यस क्षेत्रमा रहेका प्रहरीका अधिकृत तथा आक्रमणकारी प्रहरीलाई कारबाही हुनुपर्छ”–प्रवक्ता शर्माले भन्नुभयो ।
शनिबार नयाँबानेश्वरमा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले गरेको हस्तक्षेपमा एमाओवादीका नेता गङ्गानारायण श्रेष्ठलगायत तीसभन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका थिए । त्यस्तै प्रहरीतर्फ पनि दर्जन बढी भाइते भएका छन् ।
घाइतेहरूको कान्तिपुर, निजामती र वीर अस्पतालमा उपचार भइरहेको छ । कान्तिपुर अस्पतालमा उपचाररत एमाओवादी नेता श्रेष्ठले आफूलाई प्रहरीले चिनेर नै ताकी–ताकी प्रहार गरेको बताउनुभयो ।
प्रहरीका उच्च अधिकारीसँग छलफल गर्दै गर्दा एक्कासी हस्तक्षेप भएको र नेताहरूमाथि नै छानी–छानी प्रहार गरिएको उहाँको भनाइ छ ।