प्रचण्डको भाषण सुन्न मातृका पनि सडकमा
Advertise Here Book Now
काठमाडौं,फागुन १५ – कुनैवेला प्रमुख जिल्ला अधिकारीलाई शौचालयमा थुनेर त कहिले मन्त्री भएका बेला आफ्नै प्रधानमन्त्रीसँग क्याविनेटको बैठकमा नै चरचरी बाझेर स्यावासी र आलोचना दुवै खेपेका माओवादी नेता माृतका यादवको चर्चा र लोकप्रियता हिजोआज पहिले जस्तो छैन । आफ्नो छुट्टै मौलिक कार्यशैलीका कारण एउटा वर्गको प्रिय बन्न पुगेका उनी एमाओवादीबाट सम्बन्ध विच्छेद गरेर नेकपा माओवादी पनर्गठन गर्न पुगेपछि पहिलेको फराकिलो घेराबाट निकै नै साँघुरिएका छन् । नेपाली राष्ट्रिय राजनीतिको राप र तापको केन्द्रमा हुने यिनी हिजोआज राष्ट्रिय राजनीतिको सवालमा गुमनाम प्रायः नै नभए पनि प्रभावी भूमिकामा छैनन् । विगतमा धेरै सुनिने उनको नाम हिजोआज खासै सुनिँदैन, न त कडा मिजासका यादवको आक्रामक भाषण सुन्न र हेर्न उनका फ्यानले पाएका छन् ।साना राजनीतिक दलहरु आफ्नो कमजोर जनाधारबीच एमाओवादी नेतृत्वको मोर्चामा गोलबद्द भएर तग्रिने तरखरमा लागिरहे पनि यादव आफ्नो छुट्टै अडानमा छन् । उनी न एमाओवादीसहित अन्य गैरकम्युनिष्ट पार्टीबीच बनेको मोर्चामा बस्न राजी हुन्छन् , न त कम्युनिष्ट विचारधारा बोक्ने अन्य फरक धारका पार्टीहरुसँग नै हातेमालो गरिरहेका छन् । उनी त अहिले देशमा चलिरहेको सबै राजनीतिक कोर्ष वाहियात भएको भन्दै आफ्नै अडानमा तल्लीन छन् ।
यादवले बाहुनवादलाई बलियो बनाउन ३० दलीय मोर्चाको सभा गरिएको टिप्पणी गर्दै कसैको स्वार्थको दास नबन्ने टिप्पणी गरेपछि उनका एक पुराना मित्रले उनलाई आत्मिय रुपमा सम्झाए – कामरेड यस्तो त भएन नि ? माओवादीले यत्रो लगानी गरेर तपाईंलाई नेता बनायो तर,तपाईं लड्ने बेला बाहिर हुनुहुन्छ,यसरी त भएन नि ?’ उनले आफ्ना पुराना मित्रको यस्तो सुझावलाई हाँसेर टारे र प्रचण्डको भाषण सुनिरहे ।
आफ्नो अडानमाथि कडा रुपमा प्रस्तुत हुने तिनै यादव शनिबार एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आयोजना गरेको जनसभामा भने एक्कासी झुल्किए । तर, विगतमा जस्तो मञ्चमै गएर भाषण गर्ने गरी होइन,दर्शकका रुपमा उनी सभामा उपस्थित भएका हुन् ।
खुलामञ्चभन्दा बाहिर सडकमा उभिएका उनले ३० दलीय मोर्चाका केही नेताको भाषण सुनिरहे,अटल र धैर्यतापूर्वक । आफ्ना सहयोगी र शुभेच्छुकहरुबाट घेरिन पुगेका यादवले अनेक जिज्ञासाको उत्तर दिँदै ३० दलीय नेताको भाषण चाख मानेर सुनिरहे ।
एमाओवादी अध्यक्ष प्रचण्डको भाषण त उनले निकै चाख मानेर सुनिरहेको देखिन्थ्यो । विजय गच्छदारलगत्तै बोल्न सुरु गरेका एमाओवादी अध्यक्ष प्रचण्डको भाषण सुरु भएलगत्तै गम्भीर मुद्रामा देखिएका उनले प्रचण्डको पहिलो सम्बोधनमै असन्तुष्टि पोखे । ‘सहीद,वेपत्ता,घाइतेको नाम लिने,तर यिनको नाममा सिन्को पनि नभाच्ने’,प्रचण्डले सहीद,वेपत्ता र घाइते परिवारलाई सम्बोधन गरेलगत्तै उनले मुखै फोरेर प्रचण्डमाथि आक्रोस पोखे ।
तर,अन्तिमसम्म चाख मानेर प्रचण्डको भाषण सुनेका उनले त्यसपछि भने प्रचण्डको भनाइमा खासै कुनै प्रतिक्रिया र टिप्पणी गरेनन् । प्रचण्डको भाषणले उनको मुहारमा केही आरोह–अवरोधका रेखा कोरिएको प्रष्ट देखिन्थ्यो यद्यपि,उनले खासै प्रतिक्रिया भने जनाएनन् ।

हातमा वीरअस्पतालको पूर्जासहित औषधि भएको पोलिथिन झोला झुन्ड्याएर यसरी मातृका ३० दलीय मोर्चाको कार्यक्रममा दर्शक बनेर झुल्किएपछि धेरैले आश्चर्य मानेर उनलाई हेरिरहेका देखिन्थे । कतिपय उनका पुराना सहयात्रीहरुले ३० दलीय मोर्चाको सभामा उनलाई भेटाएपछि उनीहरु यादवसँग गफिरहेका देखिन्थे ।
पुराना सहकर्मी र कार्यकर्ताहरुसँग गफिएका यादवलाई कतिपय कार्यकर्ताले ३० दलीय मोर्चामा सहभागि बनेर कांग्रेस– एमालेविरुद्द लड्न सुझाव समेत दिए । तर,खुलामञ्चभन्दा बाहिर उभिएर भाषण सुनिरहेका यादवले ठट्यौली पारामा ३० दलीय मोर्चामा सहभागि हुन नसक्ने संकेत गर्दै भने,‘म अहिले बाहिर छु,३० दलीय मोर्चा तारबारसहित भित्र छ,उनीहरुसँगै हुन त पहिले यो तारबार हटाउनुपर्यो नि ?’
पुराना सहकर्मी र कार्यकर्ताहरुसँग गफिएका यादवलाई कतिपय कार्यकर्ताले ३० दलीय मोर्चामा सहभागि बनेर कांग्रेस– एमालेविरुद्द लड्न सुझाव समेत दिए । तर,खुलामञ्चभन्दा बाहिर उभिएर भाषण सुनिरहेका यादवले ठट्यौली पारामा ३० दलीय मोर्चामा सहभागि हुन नसक्ने संकेत गर्दै भने,‘म अहिले बाहिर छु,३० दलीय मोर्चा तारबारसहित भित्र छ,उनीहरुसँगै हुन त पहिले यो तारबार हटाउनुपर्यो नि ?’
यादवले बाहुनवादलाई बलियो बनाउन ३० दलीय मोर्चाको सभा गरिएको टिप्पणी गर्दै कसैको स्वार्थको दास नबन्ने टिप्पणी गरेपछि उनका एक पुराना मित्रले उनलाई आत्मिय रुपमा सम्झाए – कामरेड यस्तो त भएन नि ? माओवादीले यत्रो लगानी गरेर तपाईंलाई नेता बनायो तर,तपाईं लड्ने बेला बाहिर हुनुहुन्छ,यसरी त भएन नि ?’ उनले आफ्ना पुराना मित्रको यस्तो सुझावलाई हाँसेर टारे र प्रचण्डको भाषण सुनिरहे ।
आजको कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा,बैद्य माओवादीका केन्द्रीय नेताहरु पनि कार्यक्रममा उपस्थित भएका देखिन्थे । -Ratopati