महिलामाथि सामुहिक बलात्कार
Advertise Here Book Now


जनकपुरधाम, १९ फागुन । धनुषाको हरिहरपुर वडा नम्वर १, हाल क्षीरेश्वरनाथ नगरपालिका वडा नम्वर ७ निवासी एक महिलामाथि सामूहिक बलात्कार गरिएको छ । करिव ३० वर्षिय महिला माथि शनिवार राति करिव १ बजे सामुहिक बलात्कार भएको हो ।
श्रीमानसंग भएको घरायसी विवादका कारण करिव ८ वर्ष देखि क्षीरेश्वरनाथ नगरपालिका वडा नम्वर ७ स्थित ऐलानी जग्गामा घर बनाएर बस्दै आएकी घरायसी विवादको कारण श्रीमानले सम्बन्ध तोडेपनि एक मात्र ११ वर्षिय छोरासंग बस्दै आएकी थिइन् ।
उनको श्रीमान मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन । करिव ८÷१० जनाको संख्यामा आएका अपरिचित समूहले घरको ढोका फोडेर जवरजस्ती बलात्कार गरेको पीडितले बताएकी छन् । उनीहरुले बलात्कारका साथै संवेदनशील अंगलाई चक्कुले काटेको र घरमा भएको गरगहना तथा नगद पनि लुटेर लगेको पीडितले बताइन ।
पीडित महिलाको जनकपुर अंचल अस्पतालमा उपचार भैरहेको छ । यता प्रहरीले शंकाको आधारमा सखुवा बजार, बकरी निवासी परमेश्वर साह सुडी र बिजय यादव लगायत ७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक गणेश बहादुर थापा क्षेत्रीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएका छन् ।
यसैबीच नेकपा एमालेका सभासद तथा केन्द्रिय सदस्य शत्रुधन महतो, केन्द्रिय सदस्य तथा जिल्ला संयोजक योगनारायण यादव, केन्द्रिय सदस्य श्रीप्रसाद साह, रामकिसुन यादव लगायतका नेताहरु सोमवार जनकपुर अंचल अस्पतालमा पुगी घटनाबारे जानकारी लिए । उनीहरुले पिडकमाथि कडा कारवाहीको माग गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्