अपहरणको नाटक गरी पैसा पचाउन खोज्ने प्रहरी नियन्त्रणमा
Advertise Here Book Now


रकम सहित सार्वजनिक

जनक सिहं

सिरहा, फागुन १९ गते । साहुले बैंकमा हाल्न पठाएको रहम पचाउन

अपहरणको नाटक गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरीे आज अपरान्ह

पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । सिरहाको गोलबजार–८, चोहर्वाका असलम

मियाँको गार्मेन्टमा काम गर्ने भारत विहार हाबिबोरेराका ५० वर्षिय जावेद

मियाँलाई ३१ लाख ३३ हजार रुपैयाँ सहित इलाका प्रहरी कार्यालय गोलबजारमा

सार्वजनिक गरेको हो ।

जग्गा वेवसाय समेत गर्दै आएका आसलमले सिरहाका रामसेवक यादवसँग खरिद गरेको

जग्गाको पैसा बुझाउन गोलबजारस्थित ग्लोबल आइएमई बैंकमा हाल्न

पठाएको ३१ लख ७४ हजार रुपैयाँ लिएर फरार भई हिजो साँझमात्र उदयपुरको

जलजलेबाट अपहरण परेको खवर असलमलाई गरेका थिए ।

हिजो अपरान्ह पैसा हाल्न गएका जावेद सम्पर्क विहिन भएपछि असलमले

प्रहरीलाई खवर गरेका थिए । असलमले खवर पाउनसाथ  प्रहरीलाई जानकारी गराएका

पछि प्रहरी खोजीकोलागि त्यस तर्फ गएको थियो ।

प्रहरीले जावेदलाई जलजलेको एक होटलबाट नियन्त्रणमा लिएको जनाएको

छ । जावेद होटलमा गई आफू यति पैसा लिएर बैंकमा हाल्न गएको र त्यसैवेला

अपहरणकारीले मलाई अपहरणगरी सवैपैसा खोसेर उदयपुरको जंगलमा छोडेको

भन्दै हस्याङ् फस्याङ गर्दै आएको होटलवालाले प्रहरीलाई जानकारी गराएको

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष निरौलाले जानकारी

दिनुभयो ।

जलजलेबाट गोलबजार प्रहरीमा ल्याएर लामो सोधपुछपछि मात्र जावेदले पैसा

आफैसँग रहेको स्वीकार गरेको इन्सपेक्टर निरौलाले बताउनु भयो । पत्रकार

सम्मेलनमा इन्सपेक्टर निरौलाले भन्नुभयो, ‘हामीले जावेदलाई

ल्याईसकेपछि उनीसँग निकैवेर सोधपुछ गर्यौं, वितेराती एक बजेतिरमात्र उनले

आफैसँग पैसा रहेको स्वीकार गरे ।’

त्यसपछि उनल डेराको भन्साघरमा कालोप्लास्टिकको झोलामा लुकाईराखेको

अवस्थामा रकम बरामद गरेको इन्सपेक्टर निरौलाले जानकारी दिनुभयो । पैसाधनी

असलमले दावी गरेअनुसार अझै ४१ हजार रुपैयाँ अपुग रहेको छ । असलमले

दावीगरेको बाँकी रहेको ४१ रुपैया उदयपुरको जंगलमा झोला सहित मिल्काएको

मियाँले जावेदले बताएको थियो । तर, प्रहरी गएर खोज्दा झोला फोला नपरेको

समेत वताइएको छ ।

पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने क्रममा जावेदले ठूलोमात्रामा रकम

देखेपछि आफ्नोमनमा लोभ पलाएको बताउनुभयो । पत्रकारहरुसँग उहाँले

भन्नुभयो, ‘पैसा देखेपछि मलाई के भयो भयो, मेरोमनमा खोट आएछ, त्यसैले

गल्तीगर्न पुगेँ ।’ जावेदलाई आवश्य कार्वाहीकोलागी अदालतमा बुझाउने

पत्रकार सम्मेलनमा उपस्थित जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रामकृपाल

साहले जानकारी दिनुभयो ।

जावेद पाँच वर्षभन्दा लामो समयदेखी असलमको कारखानामा काम गर्दै

आएको जनाएको छ । आफ्नो सवैभन्दा विश्वास पात्र रहेकोले उनलाई यत्रो रकमको

कारोवार गर्न दिदैं आएको थियो आज यस्तो गर्लाभन्ने विश्वासै नलागेको असलमले

बताउनु भयो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्