अख्तियारका आयुक्तको घरमा किन छिरे प्रहरीका बिबादास्पद डिआइजी
Advertise Here Book Now


3
  अाँनलाइन सिरहा डट कम -३५ किलो सुनको नक्कली सुराकी राखेर करोडौ कुम्ल्याउन खोज्ने मुख्य योजनाकार नेपाल प्रहरीका बिबादास्पद डिआइजी प्रकाश अर्याल कारबाहीबाट जोगिन शक्तिकेन्द्रमा धाउन थालेको समाचार प्राप्त भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको बानेश्वर शान्तिनगरस्थित घरमै बिहिवार साँझ डिआइजी अर्याल  पुगेको खुलासा भएको छ  । बिहिवार साँझ करिब आठ बजे  गोप्य रुपमा आयुक्त पाठकसंग सेटिङ मिलाउन करोडौको अफर लिएर  डिआइजी अर्याल निवासमा पुगेको घटनाले प्रहरी बृतमा खैलाबैला मच्चिएको छ । बिहिवार साँझ आठ बजे देखि करिब डेढ घन्टा सम्म अख्तियारका आयुक्त पाठक र डिआइजी अर्यालबीच गोप्य भलाकुसारी भएको प्रत्यक्षदर्शी एक ब्यक्तिले जानकारी दिएका छन ।
३५ किलो सुनको सुराकी काण्डमा कारबाहीबाट वच्न प्रमुख आयुक्त लोकमानसिंह कार्कीसंग सेटिङ मिलाए पनि पछिल्लो समय अख्तियारमा आयुक्तहरुको नियुक्ती भएकोले अख्तियारबाट हुने हरेक निर्णयमा आयुक्तहरुको बहुमतबाट निर्णय गर्नै पर्ने कानुनी ब्यबस्थाका कारण आयुक्तहरुलाइ आफ्नो प्रभावमा पार्न चाकडीलाई अर्यालले  तिब्रता दिएको बुझिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्