जनजाती र क्षेत्रीय दल उचालेका प्रचण्ड उनिहरुकै तारोमा
Advertise Here Book Now

30-Dal-morcha
अाँनलाइन सिरहा डट कम  ११ बैशाख । बेला बेलामा आफुलाई घेराबन्दीमा पारेर सक्ने षड्यन्त्र भइरहेको भन्दे भाषण गर्ने गरेका प्रचण्ड यसपटक आफ्नै कारण साँच्चीकै घेराबन्दीमा पर्न थालेका छन् । कारण हो संविधान निर्माणको काम छाडी जातीय तथा क्षेत्रीय दल उचालेर आन्दोलन थालेर फेरी धोका दिएपछि अहिले प्रचण्ड तिनै दलको तारो बन्न थालेका छन् ।
सत्ताधारी दलसँग छुट्टै सहमति गरेको भन्दै विपक्षी ३० दलीय मोर्चामा मोर्चाको संयोजक रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना भएको छ । गठबन्धनकै सदस्यहरुले एमाओवादी अध्यक्ष प्रचण्डसँग स्पष्टिकरण मागेका छन् ।
प्रचण्डलाई भेट्न लाजिम्पाटस्थित उनको निवासमा पुगेका मधेस केन्द्रित र जनजातिसम्बद्ध पार्टीका नेताहरुले मोर्चाका सदस्यलाई थाहै नदिई कांग्रेस–एमालेसँग सहमति गरेको विषयमा जानकारी मागेको थिए ।
गठबन्धनकै सदस्य दलका नेताले प्रश्न उठाएपछि प्रचण्ड र बाबुराम भट्टराईलेले कांग्रेस–एमालेसँग कुनै पनि विषयमा सहमति नभएको बताउनुभएको छ । ३० दलीय मोर्चाले सहमति भइनसकेकाले आजको संविधानसभाको बैठक सञ्चालन हुन नदिने पनि सहमति गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्