सलमान खान दोषी ठहर, सजाय भाेलि सुनाइने
Advertise Here Book Now

                        १० वर्ष जेल हुनसक्ने


ऑनलाइन सिरहा डटकम बैशाख २३ - बलिउड सुपरस्टर सलमान खानलाई मुम्बईको एक अदालतले सन् २००२ मा सडकपेटीमा सुतेका मान्छेलाई गाडीले किचेर मारेको मुद्दामा दोषी ठहर गरेको छ । लामो समयदेखि चलिरहेको मुद्दामा बुधबार अदालतले आफ्नो फैसला सुनाएको हो ।

salman-khan-11 दोषी ठहर भए पनि उनलाई सजाय भने भाेलि सुनाइने भएकाे छ । यस्तो मुद्दामा बढीमा १० वर्षसम्म कैद हुनसक्ने प्रावधान भएको बताइएको छ । सलमानका वकिलले यसअघिका मुद्दाकाे नजिर सुनाउँदै कम सजायकाे जिकिर गरेका छन् ।

अदालतकाे फैसला सुनेर सलमान राेएकाे हिन्दुस्तान टाइम्सले लेखेकाे छ । फैसला सुनाएपछि न्यायाधीशले केही भन्नु छ भनेर साेध्दा सलमान केही बाेलेनन् ।
मुम्बईको फुटपाथमा सुतिरहेका मानिसलाई सलमानको गाडीले किच्दा एकको मृत्यु भएको थियो भने चार घाइते भएका थिए । सलमानले त्यतिबेला आफूले गाडी नचलाएको बताए पनि अदालतले उनको दलीललाई मानेन । १२ वर्षपछि उनका ड्राइभरले गाडी आफूले चलाएको अदालतमा दावी गरेका थिए, जसलाई अदालतले स्वीकार गरेन । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्