कांग्रेस र एमाओवादीबीच हात हालाहाल यसैबीच सशस्त्र प्रहरी कार्यालय धरानको टोलिले लागुऔषध सहित एक युवा पक्राउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /२७ वैशाख, सुनसरी । धरान उपमहानगरपालिका १४ मा वडा नागरिक मञ्च गठनका विषयमा राजनीतिक दलहरुबीच विवाद बढ्दा हात हालाहाल भएको छ ।
कांग्रेस र एमाओवादीबीच हात हालाहाल भएको हो । यसअघि पनि राजनीतिक दलहरुले भनेका सदस्यमा कुरा नमिल्दा गठन हुन नसकेको मञ्च गठन गर्न स्थानीयवासी भेला भएपनि दलहरुबीच हात हालाहाल भएपछि पुनः स्थगित भएको स्थानीयवासीले बताए ।
विवाद बढ्दै जाँदा धरान १४ स्थित एमाओवादीका वडा अध्यक्ष बाबु राई लगायतले नेपाली कांग्रेस धरान उपमहानगर समिति अध्यक्ष किशोर राईमाथि हातपात गरेको कांग्रेस कार्यकर्ताको भनाइ छ । एमाओवादीका राईले भने वडानम्बर १४को वडा नागरिक मञ्च गठन गर्ने कार्यक्रममा सहमति जुटाउने प्रयास भईरहेकाबेला कांग्रेस नगर सभापति किशोर राई र अन्य युवाहरु गुण्डागर्दी रुपमा प्रस्तुत भएपछि आफुहरुले प्रतिकार गरेको बताए ।
राजनीतिक दलहरु मिलेर अघि बढौं भन्दा स्थानीय युवाहरुले कुरा नबुझेपछि घच्चाघच्ची भएको कांग्रेस सभापति राईले बताए । उनले अहिलेको परिस्थितिमा राजनीतिक दल मिल्नुको विकल्प नरहेका कारणले आफुले कांग्रेसको नेतृत्वमा मञ्च गठन गर्ने प्रस्ताव गर्दा केही युवाहरु उच्छृङ्खल रुपमा प्रस्तुत भएपछि दुवैतर्फ धकेला धकेल भएको र उपस्थित स्थानीयले छुट्याएको बताए ।
लागुऔषध प्रयोगकर्ता पक्राउ
यसैबीच सशस्त्र प्रहरी कार्यालय धरानको टोलिले लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । धरान ११ बस्ने २३ वर्षीय मिलन राजवंशीलाई आईतबार धरान ६ भानुचोकबाट पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी निर्मल खड्काले बताए ।
लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न राजवंशीको साथबाट १८ थान टिटि इन्जेक्सनसमेत बरामद भएको डिएसपी खड्काले बताए । राजवंशीलाई इलाका प्रहरी कार्यालय धरानमा कारबाहीकालागि बुझाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्