यसरी असफल भयो नेपालको विमानस्थलमा अड्डा जमाउने भारतीय सेनाको योजना
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम /भारतको धेरै पहिले देखिनै नेपालको
अन्र्तराष्ट्रिय विमानस्थल माथी गहिरो रुचि थियो । खासगरी १९९० मा नेपलाबाट
भारतीय विमान अपहरणमा परेपछि सुरक्षाको कारण दिदै उसले विमानस्थलमा आफ्ना
सेना पनि राख्न पाउनु पर्ने अडान राख्दै आएको थियो । पछिल्लो पटक नेपलमा
अनपेक्षित रुपमा आएकको महा विनसकारी प्रलयले गर्दा उसलाई राहात र उद्धारको
नाममा नेपलका हवाई अड्डाहरुमा घुसपैठ गर्ने राम्रो अवसर मिल्योे । भूकम्पको
खबर नेपालकै प्रधानमन्त्री समक्ष पुग्न नपाउदै राजनीतिक अनुमति र प्रोटोकल
बिना नै त्रिभुवन विमान स्थलमा पसिसकेका भारतीय सेनाका विमानहरुले
विमानस्थलनै अस्तव्यस्त बनाइदिए ।
गृह मन्त्रालय स्रोतका अनुसार
बुधबारसम्ममा ४२ बटा टीमले नेपाल छाडेको छ । नेपाल छाड्ने टोलीमा १३ वटा
भारतका छन् । यस्तै चीनका दुई टीम पनि नेपाल छाडेर स्वेदश फर्किएको छ ।
यस्तै टर्कीका चार, हंगेरी, स्पेन र क्यानडाको तीन तीन, फ्रान्सका दुई पनि
फर्किएका छन् । नेपाल छाड्ने टीममा बेल्जियम, जर्मनी, नेदरल्याण्ड,
फिलिपिन्स, पोल्याण्ड, उत्तर कोरिया, अष्ट्रेलिया, इजरायल, ओमान र जापानको
टीम पनि फर्किएको छ । सरकारले हालै मात्र खोजी तथा उद्दारको धेरै काम
सकिएको भन्दै विदेशी टीमलाई र्फकन आग्रह गरेको थियो । बाँकी काम नेपाली
सेना, सशस्त्र प्रहरी र प्रहरीले गर्न सक्ने सरकारले बनाएको छ ।
यति सम्म की, उद्धार र राहात समाग्रि लिएर
आएकका अन्य देशका विमानहरुले ठाउँ अभावका कारणले समयमै अवतरण गर्न पाएनन् ।
आपतकालिन उद्धारको लागि सयौंको संख्यामा आएका भारतीय सेनाका हेलिकप्टरहरु
पनि आफ्ना देशका पत्रकारहरुको ओसारपसारमा मात्र व्यस्त भएको भन्दै सर्वत्र
विरोध भयो । भुकम्प प्रभावित गोरखा जिल्लाका पिडितहरुको उद्धारको लागि
जिल्ला पुगेको भारतीय हेलिकप्टर मनलागि संचालन गरेको भन्दै जिल्लाका
राजनीतिक दलहरुले बैसाख २२ गते विज्ञप्तीनै जारी गरेर विरोध समेत जनाए ।
जिल्ला दैवी प्रकोप उद्धार समितीको हेलि उडान तालिका अनुसार उडान
गर्नुपर्ने भएपनि त्यसको पालना नगरेर आफ्ना देशका संचारकर्मीलाई
रिपोर्टिङका लागि विभिन्न ठाउँमा पु¥याउने र ल्याउने काम मात्र ग¥यो ।
नेपालमा आएकोको विपतको घडिलाई भारतीय विमानहरुले छिमेकी राष्ट्र चीनको
सिमानामा घुसपैठ गरी जाजुसी गर्ने सुनौलो मौकाको रुपमा पनि राम्ररी प्रयोग
गरे । कतिपयलाई नेपालको विपत बहादुरी प्रर्दशन गर्ने मौका पनि बन्यो ।
नेपालमा राहात समाग्री लिएर उद्धारका लगि
आएका भनिएका भारतिय विमानहरु नेपाल–चीन बोर्डरमा सयर मार्न थालेपछि चिनले
“उद्धारको लागि आएका भारतिय विमानहरु उद्धारमै सिमित होउन “भन्दै नेपाल
सरकारलाई सचेत गरायो । पछि नेपाल सरकारले भारतलाई अनुरोध गरेपछि मात्र केहि
संयमित त भए, तर पनि उनिहरुको मौकालाई सदुपयोग गरी नेपालको विमानस्थलमा
सदाका लागि अड्डा जमाउने योजना भने छदै थियो ।
सुत्रका अनुसार ‘उद्धार कार्यका लागि
नेपालको अन्र्तराष्ट्रिय विमानस्थलमा आड लिने ,विभिन्न बाहाना बनाउदै
त्यसलाई निरन्तरता दिने र पछि कालान्तरमा सुरक्षाको कारण देखाउदै सधैको
लागि वैधानिकता प्राप्त गर्ने योजनामा भारत थियो । ‘ त्यहि भएर नेपाल
सरकाले उद्धारमा आएका सबै मित्रराष्ट्रका उद्धारकर्मीहरुलाई धन्यवाद भन्दै
स्वदेश फर्कन अनुरोध गरेपनि भारतीय विमान र सेना फर्कन मानेन । परराष्ट्र
मन्त्रिले पटक–पटक अनुरोध गर्दा पनि टेरपुच्छर लगाएनन् । उनीहरुको भित्रि
मनासाय अब कुनै पनि हालतमा विमानस्थलमा कुनै न कुनै रुपमा बस्नु थियो ।
भारतमा अंग्रेज शासनकाल देखिनै
विस्तारवादी मनोविज्ञानमा हुर्किएको भारतीय सेनाले विगतमा पनि पटक-पटक
नेपालमा डेरा जमाउने दुस्प्रयास नगरेको होइन । नेपालमा नारयणकाजी श्रेष्ठ
पराराष्ट्र मन्त्रि छदाको समय तराईमा कोशी नदिमा ठुलो बाढि लायो ।
त्यतिबेला उद्धारको लागि भित्रिएको भारतिय सेना पछि जान मानेन । अहिले उसले
त्यो स्थानलाई तारबार गरि निशेधित क्षेत्र बनाएर चीनको जाजुसीमा प्रयोग
गरीरहेको स्रोतको दावी छ ।
नेपालको विमानस्थलमा सुरक्षा खतरा देखाउदै
भारतले आफ्ना सुरक्षाकर्मी राख्न दिनुपर्ने प्रस्ताव नेपाल सरकारसंग पटक
पटक गरेको थियो । साथै, विमानस्थल व्यवस्थापनको ठेक्का भारतलाई दिने विषय
पनि बेला बेलामा चर्चामा आईरहने गरेको कुार सर्वविदीत नै छ । तर यस पटक भने
भारतीय सेनाको मनसायन मुखैमा पुगेर तुहिएको छ । उद्धारको लागि विमानस्थलमा
आएर बसेका उनिहरु विमान स्थल छोड्न नमानेको खबरको सर्वत्र विरोध भएपछि
अन्तत उनिहरु फर्कन बाध्य भए ।स्रोतका अनुसार चीनको पनि यतिबेला नेपाल
भुमिमाथीका गतिविधीहरुको कडा निगरानी रहेका कारण यो मौका भारतको हितअनुकल
नहुने भन्दै भारतिय विमान सहितको सेनका टुकुडीहरु बिस्तारै पर्कन थालेका
हुन् ।