प्रेमीसँग मिलेर पतिको हत्या गरी शव सय टुक्रा
Advertise Here Book Now


ऑनलइन सिरहा डटकम /एजेन्सी : भारतको गुजरातस्थित डिसा गाउँमा एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरी शवलार्इ सय टुक्रा बनाएकी छन् । 
हत्यापछि घटना ढाकछोप गर्न पतिको शव सय बढी टुक्रा पारिएको हो । प्रहरीका अनुसार प्रेमीको मद्दतमा हत्या गरेपछि ती महिलाले पतिको शव घर नजिकै गाडेकी थिइन् ।

शवलार्इ पुन: गाडेको ठाउँबाट निकालेर टुक्रा टुक्रा पारेर फालियो । पुलिसले शुक्रबार साँझ पतिको हत्या आरोप लागेकी महिला सूर्याबेनलार्इ गिरफ्तार गरेको छ ।
सूर्याबेनले दिएको बयानअनुसार प्रहरीले खोजी गर्दा उनका पतिको शवको सय बढी टूक्रा प्रहरीले फेला पारेको हो । हत्यामा संलग्न उनका प्रेमी प्रताप फरार रहेका छन् ।

पुलिसका अनुसार गुजरातको रसाणा गाउँमा बस्दै आएका ३५ वर्षीय अमराजी स्वरूपजी ठाकुरको बिहे सूर्याबेनसँग १५ वर्षअघि भएको थियो ।
उनीहरुबाट तीन सन्तानको समेत जन्म भइसकेको छ । अमराजी एक महिनाअघिबाट बेपत्ता थिए । करिब १५ दिनअघि वडोदरामा बस्दै आएकी उनकी बहिनी गीताबेन दाजुसँग मिल्न गएकी थिइन् ।
सूर्याबेनले गीतासँग पति कुनै कामले सहरतिर गएको भनेर ढाँटेकी थिइन् ।धेरै दिन बित्दा पनि दाजुको कुनै खबर नमिलेपछि दिदी गीतालार्इ भाइको अवस्थाबारे शंका उत्पन्न भयो ।

फोटो :हत्यापछि टुक्रा टुक्रा पारिएको स्वरुपजी ठाकुरको शव । तस्बिर : एजेन्सी

त्यसपछि उनले भाइ हराएको जाहेरी पुलिसमा दर्ता गराइन् । पुलिसले सूर्याबेनसँग सोधखोज गर्दा पनि छलछाम गरिरहेकी थिइन् । जवाफले चित्त नबुझेपछि प्रहरीले कडाइका साथ सोधखोज गरेपछि आफ्नो अपराध सुर्यबेनले स्वीकार गरेकी थिइन् ।

सूर्याबेनले पुलिसलार्इ दिएको बयानअनुसार करिब एक महिनाअघि प्रेमीको सहयोगमा रातको समयमा सुतेका पतिमाथि धारिलो हतियार हानेर हत्या गरेकी थिइन् ।

सूर्याबेनले पुलिसलार्इ दिएको बयानमा उनको गाउँकै युवा प्रतापसँग सम्बन्ध शुरु भएको थियो । जुन कुरा उनका पतिलार्इ थाहा भएपछि दुर्इजनाबीच झगडा शुरु भएको थियो । सूर्याबेनले प्रेमीसँग जानका लागि उसैसँग मिलेर पतिको हत्या गरेको स्वीकारेपछि जेलको बाटोमा पुगेकी छन् ।त्यसपछि शवलार्इ घर नजिकैको खेतमा गाडिएको थियो । तर शव गाडेपछि पनि भेटिने डरले उनले शवलार्इ पुन: निकालेकी थिइन् । उनले शव भेटिने डरले तीन दिनपछि शवलार्इ निकालेर बन्चरोले सय भन्दाबढी टुक्रा पारेर फ्याकिदिएकी थिइन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्