सेसन कोर्टमा गएर आत्मसमर्पण गरे, सलमानले जमानत पाउने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /तत्काल जेल जानु नपर्ने

शुक्रबारको दिन सलमान खानलाई निकै ठुलो राहत मिलेको छ | मंगलबार मात्र पाँच वर्षको जेल सजाय पाएका सलमान ले जमानत पाएका छन् |

आज करिब सवा ११ बजे सुरु भएको बहसले पाँच निर्णय गरेपछि बलिउड नायक सलमानलाई मुम्बईको उच्च न्यायलयले जमानत दिएको छ । जमानत पाएपछि सलमान तत्काल जेल जानु नपर्ने भएको छ | सन् २००२ मा रक्सि खाएर गाडी चलाएको बेलामा बाटामा हिडेका एक जनालाई ठक्कर दिएका र ठक्कर खानेको मृत्यु भएपछि सधै चर्चा र विवादमा पर्दै आएका थिए |

मुम्बईको सेसन अदालतले सुनाएको पाँच वर्षको जेल सजाय तत्काल कार्यन्वयन नगर्न उच्च न्यायलयले आदेश दिएको छ | जमानत पाउनको लागि उनले सेसन अदालतमा गएर आत्मसमर्पण गर्नुपर्नेछ र सोहि अदालतबाट उनले जमानत पत्र पाउनेछन् | सलमानले सेसन अदालतमा ३० हजार भारतीय रुपैया जमानत मञ्जुरीमा भर्नुपर्नेछ | उनले यस अघि पनि यहि घटनाको विषयमा जमानत पत्र बुझ्दै आएका थिए |

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्