दोलखामा पैसाको अभाव
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम जेठ ४ । विनासकारी भूकम्पका कारण बन्द रहेको चरिकोट र आसपासका बजार आंशिक रुपमा खुल्न थाले पनि किनमेलका लागि जिल्लामा नगदको अभाव हुन थालेको छ ।
लगातार ३ सातादेखि बैंकहरु बन्द रहेकाले सदरमुकाम चरिकोट, जिरी, मैनापोखरी, मागादेउराली, सिंगटीलगायतका बजारहरुमा किनमेलका लागि नगद अभाव हुन थालेको हो ।
दैनिक उपभोग्य सामान, टहरो, कटेरो निर्माणका लागि आवश्यक पर्ने जस्तापाता,
काँटी, वाइन्डिङ तार, पाइपलगायतका सामग्री खरिद गर्न नगद अभाव भएको नागरिक
समाज दोलखाका संयोजक चिरन्जीवी मास्केले बताए ।
भूकम्पका कारण नेपाल बैंक र निजी क्षेत्रको अरनिको डेभलपमेन्ट बैंक रहेको भवन भत्किएको छ । अन्य १९ ओटा बैंक, ५ ओटा लघुवित्त, करिब २ सय सहकारीहरुले कारोबार बन्द गरेका छन् ।
अरनिको बैंक रहेको भवनमा प्राविधिकहरुले रातो स्टिकर लगाएकोमा बैंक व्यवस्थापनले जबर्जस्ती कारोबार सन्चालन गर्न लगाउँदा वैशाख २९ गतेको भूकम्पमा परी ३ जनाले ज्यान गुमाएका थिए ।