बिल गेट्स र मार्क जुकरवर्गभन्दा पनि ‘धनी’ भइन् यी महिला
Advertise Here Book Now
नयाँ दिल्ली । भारतको कानपुरकी उर्मिला एकै झट्कामा बिल गेट्स र मार्क जुकरवर्गभन्दा ‘धनी’ भएकी छिन् । उर्मिला हरेक महिना आफ्नो दुई हजार तलबबाट बचेको केही पैसा बैंकमा जम्मा गर्थिन् तर एकदिन अचानक उनको अकाउन्टमा ९ लाख ५७ करोड रुपैयाँ आइपुग्यो । उर्मिलालाई आफ्नो खातामा भएको यति धेरै पैसा कसरी आयो भन्ने कुरा विश्वास नै भएन । तर परिवारको खुसी धेरैबेर टिक्न सकेन । एसबीआई बैंकका अधिकारीले आफ्नो गल्तीको लागि माफी माग्दै अकाउन्टबाट पैसा फिर्ता लिए । तर उर्मीलालाई यो कुराको खुसी छ कि एकदिनको लागि भएपनि उनलाई संसारको सबैभन्दा अमिर महिला बन्ने मौका प्राप्त भयो । मदारपुर विनायकपुर निवासी उर्मिला यादवको खाता नम्बर ३५०१४४००२९९ हो । शुक्रबार उनी आफ्नो पासबुक अपडेट गर्न बैंकमा गइन् । क्लर्कले पासबुक हेर्दा खातामा १४ अंकको धनराशी दर्ता थियो । उनले म्यानेजरलाई सो बारे जानकारी दिए । म्यानेजरले फेरी जाँच गर्दा उर्मिलाको खातामा ९ लाख ५७ हजार करोड रुपैयाँ थियो । यो रकम २२ जुलाईमा उनको खातामा ट्रान्सफर भएको थियो । -Khabardabli