गोलबजारमा सम्पन्न एकदिवसीय स्वास्थ्य शिविरमा सात सयको उपचार
Advertise Here Book Now
साउन १०, सिराहा / सिरहाको गोलबजारमा प्रहरीको नागरिक हातेमालो कार्यक्रमअन्तर्गत शनिबार साँझ सम्पन्न एकदिवसीय निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सय बिरामीले उपचार गराएका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारको आयोजनामा सम्पन्न उत्त स्वास्थ्य शिविरमा ३३५ महिला र ३५५ पुरुष बिरामीले निःशुल्क औषधोपचार गराएका हुन् ।
विभिन्न अस्पतालमा कार्यरत छ चिकित्सकसहित स्वास्थ्यकर्मीको सहभागितामा सम्पन्न शिविरमा आँखा, कान, स्त्रीरोग, बालरोगलागायत विभिन्न रोगको उपचार गरिएको थियो ।
स्वास्थ्य जाँच गराएकामध्ये २० जनामा आँखाको मोतीबिन्दुको समस्या देखिएको बताइएको छ ।
शिविरमा २४ बिरामीको निःशुल्क भिडियो एक्सरे गरिएको थियो । शिविरमा स्थानीयवासीको सहयोगमा सङ्कलित रु तीन लाखभन्दा बढी मूल्य बराबरको औषधि वितरण गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।