अब मधेसीको मुद्दा भारतीय संसदमा उठाइने चेतावनी
Advertise Here Book Now
मुजफ्फरपुर । नेपालमा निर्माण हुन लागेको संविधानविरुद्धमा भारतीय सांसदले भारतको राज्य सभा तथा लोकसभामा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालको सिमाक्षेत्रसंग जोडिएको भारतीय क्षेत्रबाट निर्वाचित भएका सांसदहरुले मधेशीमाथि भइरहेको विभेदको विषयमा आवाज उठानुको साथै निर्माण हुन लागेको विभेदकारी संविधानलाई लोकतान्त्रिक सविधान निर्माणमा परिर्वतन गर्न पहलका लागि भारत सरकारलाई आह्वान गर्ने सांसदहरुले बताएका छन् ।
मिडिया फोर बोडर हारमोनि मोजफ्फरपुरले आइतबार महात्म गान्धि सभागारमा आयोजना गरेको“भारत–नेपालको सम्बन्धमाथि संकट र समाधान” विषयक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै विजेपी नेता एवम् मुजफ्फरपुरबाट निर्वाचित सांसद अजय निसादले नेपाल सरकारले निर्माण गर्न लगेको संविधानले नेपाल भारतको सम्बनधलाई ठुलो असर पार्ने भएकाले सताप्दीऔ पुरानो सम्बन्धलाई जोगाउन भारत सरकारले पहल गरोस भन्दै संसदमा कुरा उठाउने जानकारी दिए ।
उनले चाइनाको इसारामा नेपाल सरकारले निर्माण गर्न लागेको संविधानले नेपाल भारत बीचको सम्बन्धलाई दीर्घकालिन नकारात्मक असर पर्ने र दुवै देशका जनता समेत प्रभावित हुने भएकाले जनाविरेधी र मधेश विरोधी संविधान निर्माणलाई रोक्नका लागि सदनसंग अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद निसाधले नेपाल सरकारको विभेदकारी संविधानको विरोधमा मधेशीले गर्दै आएको संघर्षमा सिमाक्षेत्रमा रहेका भारतीय नागरिकले तनमन धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मुजफ्फरपुरबाट निर्वाचित भएका राज्सय सभासदस्य डा अनिल सहनीले सरकारले मधेशी जनतामाथि विभेदकारी संविधानमार्फत महाभुकम्प ल्याएको बताउँदै उनले मधेशीले विभेदमा पारी ल्याउन लागेको संविधानको विरोधमा आफुहरु लाग्ने बताए । राज्यसभामार्फत मधेशीको अधिकारलाई सुनिश्चित गर्दै नेपालका समतामुलक समाज निर्माणकालागि भारत सरकारले पहल गर्न अनुरोग गर्ने राजइ सभासदस्य सहनीले बताए ।
कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष एवम् सभासद लालबाबुराउत गद्दी, पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले नेपलमा भई रहेको विभेद र अलोकतान्त्रिक संविधान निर्माण वारे जानकारी गराएका थिए ।
नेपाल तथा भारतीय संचारकर्मीहरुको सांझा संगठन मिडियाँ फोर बोर्डर हारमोनीका अध्यक्ष अमरेन्द्र तिवारीको अध्यक्षतामा सम्पन्न अन्तकृया कार्यक्रममा विधायक सुरेश चन्चल, पूर्व विधायक गणेश भारती, पूर्व उप मेयर विवेक कुमार, राजदका विहार प्रान्त प्रवक्ता एकबाल महम्द समी, भाजयुमोका प्रदेश अध्यक्ष राजेश बर्मा,भाजपा नेता वेवि कुमारी, वाड पारषद केपि पपु, भाकपा माले न्यु डेमाक्रेसि का सचिव रुदल राम, लोजपा जिल्ला अध्यक्ष रामेश्वर महतो पपु, अधिवक्ता सुधिर ओझा, जदुयु नेता इरफान दिलकस, समाजीक कार्यकर्ता राकेश कुमार सिंह, सशिरन्जत, संचाकर्मी सितेश कुमार लगायतका विभिन्न राजनीतक दलका नेता, कार्यकर्ता समाज सेवी लगायतको उपस्थिती रहेको थियो ।