बच्चालाई प्रहरीले एक थप्पड पनि हानेको छैन प्रहरीले लखेट्दा आफै लडेर घाइते भएको हो ः डिएसपी प्रसाई
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन १२ /धनुषाको ७ वटै निर्वाचन क्षेत्रमा संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिने कार्यक्रम थियो । सुरक्षाका लागि तिनवटै निकाय परिचालित भएको थियो । मेरो कमाण्डमा निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत जनकपुर उद्योग बाणिज्य संघको सुरक्षा जिम्मा दिइएको थियो । ४ गते ११ बजेबाट राय सुझाव लिने कार्यक्रम तय गरिएको थियो । तर, सुरक्षा व्यवस्था मिलाउनको लागि म आफ्नै कमाण्डमा ९ बजे तिर ड्यूटीमा गएँ । आधा घण्टा पछि विद्रोही समुहका नेता तथा कार्यकर्ताहरुको करिब एक डेढ सय जनाको संख्यामा झुन्डहरु आउन थाले ।
३ जना सभाषदहरु लिला कोइराला, मिनाक्षी झा र प्रमिला दास हल भित्र प्रवेश गरिसक्नुभएको थियो । बाहिर विद्रोहीहरुले नाराबाजी गर्न थाले । गाली गलौज गर्न थाले । अनि मैले तपाईहरु मध्ये ४÷५ जना नेताहरु भित्र जानुस र आफ्नो कुरा राख्नुस भन्दा उनीहरुले कि त सबै जना जान दिनु पर्यो नत्र कोही जाँदैनन् भनेर जवाफ दिए । अनि मैले आफ्नो माथिल्लो निकायमा भित्र र बाहिरको परिस्थितिबारे अवगत गराएँ । यता भाग लिने मान्छे कोही पनि आएका थिएनन् ।
सबै विथोल्ने नै थिए । आधा घण्टासम्म नारावाजी गरिसकेपछि प्रदर्शनकारीहरुले हाम्रो सुरक्षा घेरा तोड्न थाले । अनि यसो नगर्नु भनेर भन्दा तपाईको काम तपाई गर्नुस हाम्रो काम हामी गर्छौं, जवाफ दिए । हैन मुठभेड नगर्नुस, कमाण्ड कन्टूोलमा तल माथि हुन सक्छ भन्दा पनि मानेनन् । अनि मैले सिडिओ साहेवलाई व्रिफ गरें । बल प्रयोगको सिद्धान्तमा जानुस भनेर सिडिओ साहेवले केही छिनमा भन्नु भयो । यता तिर प्रदर्शनकारीहरुले पर्खाल तोड्न थालेका थिए । छिर्न दिने कुरै आएन, बल प्रयोग गर्नुस भनेर सिडिओ साहेवले आदेश दिनु भयो । अब गाह्रो छ, कृपया तपाईहरु गई दिनुस भनेर भन्दा पनि मानेनन् । अब लाठी हान दिन्छु भनेर तर्साउन खोज्दा उनीहरु आफै भुईमा लडिदिए । अनि फेरी सिडिओ साहेवलाई सोधे । त्यसपछि लाठी चार्ज देखि अश्रु ग्याससम्म फायर गरियो । लाठी चार्ज गरेर भिड हटाइयो तर सेकेन्ड नवित्दै चारै तिरबाट प्रहरी माथि ढुङ्गा बर्षियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १ सय जना जति थियौं । ४०÷५० जना व्याकप फोर्स मगाइयो । अर्को तर्फ एसपी साहेव, सिडिओ साहेव छलफल गर्न थाल्नु भयो ।
फेरी अर्को नेताहरुको टोली उद्योग बाणिज्य संघमा आयो । अनि कार्यक्रम स्थगित गर्नु पर्यो । सभाषदहरुलाई, कर्मचारीहरुलाई घर घरमा छोड्नु पर्यो । ३÷४ बजिसकेको थियो । फेरी ढुङ्गा बर्षियो । बाटो क्लियर गर्दै गइयो । सभाषद रामकृष्ण यादव, लिला कोइराला र आनन्द ढुङ्गानालाई ढुङ्गा हान्न थालियो । जे होस सेक्यूरिटी दिएर उहाँहरुलाई घर छाडियो ।
भोली पल्ट ५ गते हामी ट्रुपमा बस्यौं । विहानसम्म केही भएको थिएन ।
प्रहरी निरीक्षक गणेश बरालको कमाण्डमा ३०÷३५ जना सुरक्षाकर्मीहरु परिचालित भएको थियो । एक्कासी राम चौक, जनक चौक र शिव चौक गरी तीनै तिरबाट ढुङ्गा हान्न थालियो । भर्सक एउटा ढुङ्गा लागोस बरु व्याक हुने भनेर सेटमा भनियो । पुलिस व्याक भएर भैरव चौक आयो । यता पुलिस व्याक हुँदै थियो अर्को तर्फ त्यही ढुङ्गा हान्ने टोली जानकी चौकीमा आक्रमण गर्न गए । चौकी भित्रै छिर्न थाल्यो भनेर खबर आएपछि बल प्रयोग गरेर उनीहरुलाई हटाइयो । म र एसपी साहेव फेरी त्यहाँ गएँ । त्यहाँबाट हामीले ९ जनालाई पक्रियौं । त्यसपछि आन्दोलन फिर्ता गर्छौं भनेर भनेपछि पक्रिएका ९ जनालाई जिल्ला प्रशासन कार्यालयमा नेताहरुको जिम्मा लगाएर हामीले छोडेका थियौं । छोडेको १ घण्टा पछि प्रदर्शनकारीहरुले जानकी प्रहरी चौकीलाई टार्गेट बनाए । ४÷५ पटक ढुङ्गा हाना हान भयो । चौकी भरी ढुङ्गा छयाप छयाप्ती थियो । त्यहाँ चौकीको प्रहरी टोली मात्र थियो । साँझको ५ बजिसकेको थियो । पेटूोल बम प्रहार गरियो । चौकीको बोर्ड समेत हटाइ दिए । अनि म र एसपी साहेव त्यहाँ पुग्यौं । र, अवस्थालाई साम्य बनायौं ।
४ गते मेरो कमाण्डमा रहेको टोलीले एक राउण्ड पनि अश्रु ग्यास प्रहार गरेनन् । उद्योग बाणिज्य संघ अगाडी लाठी चार्ज गरिएको हो । खुट्टामा लाठी प्रहार गर्न खोज्दा प्रदर्शनकारीहरु भुईमा सुत्न थालेपछि टाउकोमा लागेको हो । भानु चौक र शिव चौकको बीचमा रहेको विभिन्न प्रहरीको टोलीले करिब २ दर्जन जति अश्रु ग्यास हानेको हो ।
५ गते अवस्था सामान्य नै थियो । तर, प्रदर्शनकारीहरुले फेरी जानकी प्रहरी चौकीलाई निशाना बनाए । घाइते भएको बालक दिनेश साहलाई प्रहरीले हानेको होइन । जानकी प्रहरी चौकीमा प्रदर्शनकारीहरुले घेराबन्दी गरेर आक्रमण गरिरहेका थिए । हामीलाई खबर आएपछि म र एसपी साहेव दुवै जना पुगेका थियौं । लब्ली मोडमा त्यो बच्चा लडेको मैले देखें । बच्चालाई एउटा महिलाले पानी खुवाईरहेको थियो । बच्चा घाइते भएपछि प्रदर्शनकारीहरुले पनि ढुङ्गा बर्षाउन छोड्यो । फाटफुट बर्षियो ।
त्यसपछि बच्चालाई अस्पताल पठाइयो । के भएको हो भन्ने कुरा त्यहाँ खटिने कमाण्डसँग बुझ्दा बच्चालाई प्रहरीले लखेटेको भन्ने कुरा सत्य हो । तर, कुटेको भने होइन । लखेट्दा आफै लडेको हो । त्यहाँका कमाण्ड सम्हालिरहेका प्रहरी निरीक्षक सुभाष खड्काका अनुसार ढुङ्गा हानाहान भईरहेको अवस्थामा बच्चा अचानक आयो र आएपछि प्रहरीले लखेट्दा लडेर मुख काटियो । प्रहरीले बच्चालाई एक थप्पड पनि हानेको छैन । अनि ढुङ्गामुढा गरिरहेका ९ जना प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिइयो । अन्डर ऐजभएका बालकहरुलाई तत्कालै छाडियोे । र बाँकी रहेकाहरुलाई भोली पल्ट अर्थात ६ गते अभिभावकको जिम्मा लगाएर छाडिएको हो । प्रदर्शनकारीहरुले जनक चौकको टूाफिक विट, पार्किङ, नोपार्किङका सबै साइन बोर्डहरु तोडफोड गरेका छन् । जानकी प्रहरी चौकीको ऐना तोडियो । ५ गते धनुषाधाम र बेश ढल्केवरका दुई वटा गाडीहरुमा प्रदर्शनकारीहरुले छतबाट शिशा फुटाए । (द एक्सक्लुसिभसँगको कुराकानीमा आधारित)