मधेश कि त प्रदेश बन्छ, कि त देश बन्छ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन ११/ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको अधिकारको लागि
आन्दोलनको विकल्प नरहेको बताएका छन् । उनले मधेशी जनतालाई ‘अभी नहि तो कभी
नहि’ भन्दै आन्दोलनको विगुल फुक्न आह्वान गरे ।
विरोधसभालाई सम्बोधन गर्न जनकपुर आएका
अध्यक्ष महतोले हुलाकी न्यूजसँग कुराकानी गर्दै अधिकारको लागि मधेशी जनता
अग्रसर रहेकोले खस पहाडियाहरु अब पनि नसच्चिए स्थिति भयावह हुने चेतावनी
दिए ।
‘मधेशी युवाहरु आन्दोलनका लागि तयार छन्, सडकमा समेत आईसकेको छ महतोले भने, ‘अब मधेश चुप लागेर बस्दैन ।’
मस्यौदामाथिको सुझाव संकलनको क्रममा मधेशमा
मधेशीको पक्षमा देखिएको जनलहर र प्रहरी दमनले मधेश खस शासन सत्तालाई घाँडो
भएको जिकिर गरे । ‘४ र ५ गते मधेश र खासगरी जनकपुरमा देखिएको अवस्थाले अब
मधेशी सडकमा आईसकेको प्रमाणित भएको छ, अबको आन्दोलनको केन्द्रविन्दु जनकपुर
बन्न सक्छ ।’
डा.सीके राउतको र आफुहरुको मुद्दाहरु फरक
रहेको भन्दै महतोले समयमै शासकहरु नसच्चिए मधेशको आन्दालनले अलगरुप लिने
भन्दै सो आन्दोलन अलग देशको लागि हुने संकेत गरे । उनले अधिकार कि त
प्रदेशबाट मिल्ने कि त देशबाट मिल्ने भएकोले राज्यलाई त्यसबाट समयमै सचेत
हुन आग्रह गरे ।
संविधानसभा छोड्ने प्रसंगमा उनले आफूहरुको
अधिकार नमिले संविधानसभासमेत छाडेर सडकमा आउन बेर नलाग्ने बताए । उनले
आफूहरुलाई मधेशी जनताले नै कमजोर बनाएको तर्क गरे । मधेशवादी दलहरुसँग
संविधानसभामा गणपुरक संख्या नभएको र ९० प्रतिशत संख्या शासकहरुसँग रहेकोले
मधेशीलाई पेलेको गुनासो गरे ।
चुनावको बेला मधेशीलाई मत नदिई शासकलाई मत
दिएकोले उनीहरुले चुनौती दिईरहेको दाबी गरे । नामांकन, सीमांकन, संघीयता,
नागरिकताको प्रावधानलगायतको विषयलाई नसच्चाई आउने संविधान स्वीकार नगरी १
घण्टा नबित्दै जलाउने चेतावनी दिए । उनले मधेशी जनताहरुले ढिलो भएपनि बुझ्न
थालेकोमा धन्यवाद दिए ।
उनले मधेशको मुद्दामा मधेशका
संचारकर्मीहरुलाई समेत धन्यवाद दिए । मधेशी संचारकर्मीहरुकै कारण मधेशको
मुद्दा अझ सशक्त भएको दाबी गरे ।