महोत्तरीमा २२ प्रतिशत धान रोपाई
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम रंजन भण्डारी महोत्तरी, ११ साउन असार १५ बाट धान रोपाई शुरु हुनुपर्ने दिन । तर महोत्तरीमा अझै ७८ प्रतिशत खेतमा धान रोपिन बाँकि छ ।जलेश्वरका मदन साह भन्छन्, ‘बटैयामा लिएर खेती गर्न ऋण उठाएको थिए तर समयमै बर्षा नै भइदिएन । श्रमिकलाई पैसा दिन उठाइएको ऋण ६५ किलोग्राम पाइप किनेर टाढाबाट पानी ल्याउनमै खर्च भयो ।अकाशे पानीकै भरमा महोत्तरीको अधिकांश खेतमा धान रोपिने गरिन्छ ।’ अरुको जग्गा भाडामा लिएर खेती गरिने कार्यलाई बटैया भन्ने गरिन्छ ।
बैदेसिक रोजगारमा जाने युवाहरुको संख्या अहिले नेपालमै दोस्रो स्थानमा छ । अहिले यस क्षेत्रमा न छोराकै साथ न खेतीकै आश भन्ने उखान सुनिन थालिएको छ । जिल्लामा ३७ हजार ५०० हेक्टर जग्गा धानखेती योग्य छ । दमकल र बोरिड्डको मद्दतले पानीको व्यवस्था गरि जसोतसो २२ प्रतिशत खेतमा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत राज प्रसाद त्रिपाठीले बताए ।
कृषि बिकास मन्त्रालयले महोत्तरी जिल्लालाई खाद्य अभाव हुने जिल्लाको सूचीमा राखेको छ ।