सीके राउतको डिभिडि हेरिरहेकामाथि प्रहरीको आक्रमण, एक राउण्ड हवाई फायर
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन १२/महोत्तरीमा
डा. सीके राउतको डिभिडि हेरिरहेका बेला प्रहरीले लाठीचार्ज गर्नुका साथै
गोली चलाएको छ । महोत्तरीको बलबा बजारमा राति ८ बजेको करिब डा. राउतको
डिभिडि हेरिरहेका स्थानीयमाथि प्रहरीले एक्कासी लाठीचार्ज गरेको छ ।
प्रहरीको आक्रमणमा अन्दाजी ६० वर्षीय
स्थानीय वृद्ध नाथु यादव गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ
। जनकपुर अञ्चल अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीले ३ जना युवालाई
गिरफ्तार पनि गरेको छ ।
बलबा–३ को एक गाउँका गाउँलेहरु बसेर डा.
राउतको डिभिडि हेरिरहेको समयमा ४–५ जनाको प्रहरीको समूह आई एक्कासी
लाठीचार्ज गर्न थालेको थियो । प्रहरीको प्रतिकारमा करिब ५०० को संख्यामा
गाउँलेहरु उत्रेपछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको थियो ।
प्रहरीले घटनास्थलबाट संजय यादवसहित तीन
जना स्थानीय युवालाई गिरफ्तार गरी जलेश्वर लगेको छ । प्रहरी र गाउँलेबीच
राति अबेरसम्म झडप भएको बताइएको छ । प्रहरी र स्थानीयबीच वार्ताको प्रयास
भइरहेको बताइएको छ ।