निधिलाई गृह जिल्ला मै घाँडो, आफ्नै सन्तानलाई अंगिकृत बनाउँदै
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम साउन ४ /नेपाली काँग्रेसका नेता तथा भौतिक योजना मन्त्री बिमलेन्द्र निधिलाई  आफ्नै जिल्ला घाँडो बन्दै गएको छ ।
काँग्रेसमा प्रभावशाली नेता भएपनि उनकै गृह जिल्लामा उनकै पार्टीका प्रधानमन्त्रीको विरोध तथा कालो झण्डा देखाइने थाहा पाएपछि कार्यक्रममा आउन डराएका निधि सोमबारबाट संविधानसभाको मस्यौदामाथिको राय संकलनमा जुटेका छन् । जसको धनुषामा निकै विरोध हुँदै आएको छ भने जनकपुरधाममा बन्दको घोषणासमेत गरिएको छ ।
निधिले राय संकलनका लागि ल्याएको संविधानको मस्यौदाले उनकै सन्तानलाई अंगिकृत नागरिक बनाउनेछ । जुन नागरिक दोस्रो दर्जाका हुनेछन् । जसले देशको राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीलगायतको जिम्मेबार पदमा बस्न पाउने छैन । यसै कारणले केही मञ्चमा निधिले मस्यौदाको विरोधसमेत गरेका थिए, मधेशीको कित्तामा उभिएको देखिएका थिए ।
सोमबारबाट राय संकलन गरिने मस्यौदामा आमा वा बुवा विदेशी भएमा त्यसका सन्तानले अंगिकृत नागरिकता पाउने प्रवधान राखिएको छ । जसमा निधिकै परिवार पीडित बन्नेछ । स्व.महेन्द्र नारायण निधिको नाउँले राजनीतिक उचाई पाएका निधिले  आफ्नै छोराहरु अविरल र अनुकुल निधिलाई आफुजस्तै मन्त्री बनाउन सक्ने छैन । किनभने उनले भारतको बंगालकी अनामिका उपासक निधिसँग विहे गरेका छन् । उनी भारतीयसँग विहे गरेकोले हालको संविधानको मस्यौदाअनुसार उनका सन्तानले अंगिकृत नागरिकता पाउनेछन् । जो देशको उच्च तथा सरकारी ओहदामा बस्न पाउने छैन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्