बोक्सीको आरोपमा सासूबुहारी कुटिए
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन ११/
बोक्सी आरोपमा कोइलाडी मधेपुरा–६ का दुई महिलामाथि आफन्तले नै निर्घात कुटपिट गरेका छन् । सप्तरी कोइलाडी मधेपुरा–६ परसाही गाउँकी ६० वर्षीया मायादेवी मन्डल र उनकी २६ वर्षीया बुहारी रीतादेवी मन्डलमाथि आइतबार आफन्तले नै निर्घात कुटपिट गरेका हुन् ।
बोक्सीको आरोपमा कुटपिटबाट घाइते भई उपचाररत मायादेवी मन्डल र उनकी बुहारी रीतादेवी गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा ।
उनीहरू दुवैको स्थानीय गजेन्द्रनारायाण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुवैको शरीरभरि निलडाम परेका छन् । यस्तै, बुहारी रीतादेवीको टाउकोमा ६ ओटा टाँका लगाइएको छ भने सासु मायादेवीको छाती र खुट्टामा गहिरो चोट लागेको चिकित्कसले बताएका छन् ।
‘हामी बिहान घरमा बसिरहेका थियांै, नाताले जेठाजु पर्ने छिमेकी रामप्रसाद मन्डल, उनकी पत्नी छुतहरिीदेवी मन्डल, छोरा शिव, शशी, अनार देवी, आशा देवीलगायत ६÷७ जनाको समूह आएर तिमीहरू बोक्सी हौं, मन्त्र लगाएर मेरो नातिनीलाई मा¥यौं भन्दै लट्ठी र मुक्का बर्साए,’ अस्पतालको आकस्मिक कक्षमा उपचाररत मायादेवीले भनिन्, ‘हामी बेहोस नहुन्जेलसम्म कुटिरहे ।’
कुटपिट गर्नेमध्येका शिव मन्डलकी २ वर्षीया छोरीको एक महिनाअघि गाउँ नजिकैको पोखरीमा डुबेर मृत्यु भएको थियो, सोपछि उनीहरूले धामी बोलाएका थिए । धामीले छिमेकमै रहेको तिम्रो नातेदार मायादेवी र उनकी बुहारी ‘डायन’ रहेको र उनैले भेदेको भनेपछि उनीहरूले पटक –पटक मेरी पत्नी र बुहारीलाई कुटपिट गर्ने गरेका मायादेवीका पति अबध बिहारीले बताए । यस पटक मात्रै होइन, उनको घरमा कोही बिरामी पर्दा पनि पूरै परिवार आएर पत्नी र बुहारीलाई कुटपिट गर्ने गरेको अबध बिहारीले सुनाए ।
मायादेवीका पति अबध बिहारीले बोक्सी आरोप लगाएर पटक–पटक पत्नी र बुहारी माथि दुव्र्यवहार र कुटपिट गर्ने छिमेकी मन्डल परिवारमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । यसबारे प्रहरीमा जिज्ञासा राख्दा डीएसपी नारायण चिमरियाले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए । उनले छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गरिने जनाए ।