बल्वामा राउतको कार्यक्रम बिथोली लाठीचार्ज र हवाई फायर गरिएको बिरोधमा चक्काजाम र टायर बालियो एकको अवस्था गम्भिर
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन १३/रंजन भण्डारी जलेश्वर,साउन १३ गते ।महोत्तरीको बल्वामा गएराती प्रहरीले गरेको ज्यादतीको विरोध स्वरुप बल्वा र वरिपरिका गाउहरुमा स्थानिय,राजनिकदल र डा.सिके राउतका कार्यकर्ताहरुद्वारा टायर बालिएको र चक्काजाम गरिएको छ । राती करिब १० जना प्रहरीको लाठीचार्जबाट घाइते भएकोमा उनको उपचार स्थानिय स्वास्थ्य चौकीमा भइरहेको स्थानियहरुले जनाएका छन । मंगलवार रातीबाट नै सो क्षेत्र तनाव ग्रस्त रहेको र व्यापक प्रहरी परिचालन समेत गरिएको छ । महोत्तरीको बल्वा गाविसमा गएराती स्थानियहरुले प्रोजेक्टर मार्फत सिके राउतको कार्यक्रम हेर्दा त्यहा पुगेको प्रहरी टोलीले प्रोजेक्टर नियन्त्रणमा लिएर पर्दा च्यातिदिएकोमा सो को बिरोधमा स्थानियहरुद्वारा ईलाका प्रहरी कार्यालय घेरा हाल्दा दोहोरो भिडन्त भएको थियो । सो झडपमा प्रहरीले सटगनले एक राउण्ड हवाई फायर र लाठी चार्ज गर्दा स्थानिय ६० वर्षिय वृद्ध राम सुन्दर यादवको टाउकोमा गम्भिर चोट लागी अंचल अस्पताल जनकपुरको सघन उपचार कक्षमा भर्ना गरिएको छ । केहि नभनी कार्यक्रम बिथोलिएकोमा आक्रोशित स्थानिय,राजनितिकदल र राउतका कार्यकर्ताहरुले ईलाका प्रहरी कार्यालय बल्वालाई घेरा हाल्दा झडप भएको थियो ।
अनुमति बिना कार्यक्रम चलाएकोमा सो रोक्न खोज्दा प्रहरी हवल्दार अनुरुद्ध प्रसाद गुप्ता घाईते भएका र राउतका कार्यकर्ता संजय यादव र सत्य नारायण साह लाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक शौरभ राणाले जनाउनु भएको छ । उनले एक राउण्ड हवाइ फायर मात्र गरिए पनि स्थानियहरुले भने ५।६ राउण्ड हवाई फायर भएको दावी गरेका छन ।