भतिजोले गुमाइदियो काकाको आंखाको ज्योती
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम /धनुषामा भतिजोहरु मिलेर काकाको एक आंखाको ज्योती सदाकालागि गुमाइदिएको छ ।
धनुषाको औरही गाविस कपटौल वडा नं. ७ बस्ने हबिब मन्सुरीलाई उनकै भतिजाहरु सफिक मन्सुरी, आशिफ मन्सुरी , नजान भन्ने जिसान मन्सुरी र बुहारी रोजिया खातुनले समेत मिलेर अति संंवेदनशिल अङग आंखामा मुक्का हानी बांया आंखाको ज्योती सदैवका लागि गुमाइदिएको पीडित हबिबले आरोप लगाएका छन् ।
पीडित हबिबका अनुसार, विगत ५ महिनादेखि भाई साबिर मन्सुरीको घर भत्किसकेपछि आफनो घरमा बस्दै आएको थियो । स्थानीय भरभलाद्मी र समाजले पनि पटक–पटक घर खाली गरिदिन आग्रह गरेपनि घर खाली गर्न नमानेपछि आफै भन्दा उल्टै निर्घात कुटपीट गरि आंखाको ज्योती छिनिदिएको हो ।
हाल जनकपुर उप–महानगरपालिका वडा नं. १६ मा बस्दै आएका हबिबलाई आंखामा गम्भिर चोट लागेपछि यहां उपचार सम्भव नभएर उपचारका लागि लहान लगिएको थियो । लहान लगिएपछि बांया आंखामा गम्भिर चोट लागेका कारण ज्योती सदाका लागि गुमिएको अस्पताल श्रोतलाई उदृत गर्दै हबिबले बताए ।
हबिबले आरोपी चारै जना उपर जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता गराएपछि घटनाको बारेमा अनुसन्धान थालिएको अपराधन अनुसन्धान शाखा प्रमुख एवम् प्रहरी नीरिक्षक भागिरथ रेग्मीले जानकारी दिए ।