सिरहामा प्रचण्डलाई कालो झण्डा देखाउने तयारी
Advertise Here Book Now
- राम नारायण पण्डित
सिरहा, साउन ३ – – संयुक्त लोकतान्त्रित मधेशी मोर्चाले संविधानको मस्यौदामा सुझावमा संकलनमा आउने एमाओवादीका अध्यक्ष तथा सिरहा क्षेत्र नं. ५ का निर्वाचित सभासद प्रचण्डलगायतका सभासदहरुलाई कालोझण्डा देखाउने तयारी गरेको छ । संघीय समाजवादी फोरम नेपालका क्षेत्रिय कार्यवाहक अध्यक्ष अजय यादबले सो कुराको जानकारी दिएका हुन् ।
मिर्चैयामा आइतवार आयोजित विरोध सभामा बिपक्षी दलका नेता तथा कार्यकर्ताहरुले सतासिन दलहरु माथी आक्रोश व्यक्त गरेका थिए । १६ बुँदे सम्झौता र संविधानका प्रारम्भिक मस्यौदाको विरोधमा संयुक्त लोकतान्त्रित मधेशी मोर्चा आन्दोलित भएका छन् ।
सरकारले ल्याएको प्रारम्भिक मस्यौदा कुनै हालतमा स्वीकार नगर्ने बिपक्षी दलहरुले चेतावनी दिएका छन् । ‘यो देश नेपाली कांग्रेस र नेकपा–एमालेको बिर्ता नभएकोले आफू खुसी गरेको निर्णय कुनै हालतमा मान्य नहुने’ भन्दै विपक्षी दलका कार्यकर्ताहरुले कार्यक्रममा आक्रोश पोखे ।
यता, श्रावण ४ र ५ गते हुने मस्यौदा सम्वन्धि सुझाब संकलन कार्यक्रमलाई वहिष्कार गर्ने समेत मोर्चाले बताएको छ ।
तराई मधेश सद्भावना पार्टी केन्द्रिय महासचिव राम कुमार मंडलको प्रमुख आतिथ्यमा भएको बिरोध सभामा संघिय समाजबादी फोरम नेपालका राम दयाल यादब, तमसपाका प्रदीप साह, तमलोपाका चन्द्रकला साह, सदभाबना पार्टीका रेनु शर्मा र राप्रपा नेपालका बद्री साह लगायतका नेताहरुले मस्यौदाको बिरोध गरेका थिए ।