पेट्रोलियम पदार्थ अभावले मेलम्ची सुरुङ निर्माण कार्य ठप्प
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम १६
असोज ।भारतको अघोषित नाकाबन्दीसँगै पेट्रोलियम पदार्थमा देखिएको अभावका
कारण बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाका सात वटै
स्थानबाट सुरुङ खन्ने काम रोकिएको छ ।
इन्धन अभावका भएपछि तेल, विस्फोटक पदार्थ, सिमेन्टलगाएतका निर्माण सामाग्री ढुवानीमा समस्या भएपछि काम भइरहेको सिन्धुको एक मात्र सुरुङ मार्गको काम पनि बिहीबारदेखि रोकिएपछि आयोजनाका ७ वटै स्थानको काम रोकिएको हो ।
आयोजनाको सात ठाउँमा काम संचालन हुँदा मासिक दुई लाख लिटर डिजेलको आवश्यकता पर्छ ।
सुरुङभित्र आएका ठूला ढुङ्गालगायत कडा चट्टान विस्फोट गर्न विस्फोटक पदार्थको समेत अभाव भएकाले काम रोक्न बाध्य भएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।
कामका लागि विस्फोटक पदार्थ ल्याउने लाइसेन्स भारतको मात्र भएकाले, पन्ध्र दिनअघि भारतको आइडिएल एक्स्प्लोसिभ लिमिटेडबाट ल्याइएको विस्फोटक पदार्थ रक्सौलमा बसेर नेपाल आयात गर्न नसकी कम्पनीमै फर्किएको उनले बताए ।