डाँका शैलीमा प्रहरीद्वारा मध्यराती नाकामा आक्रमण
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम १८ आश्विन । जोगवनी नाकामा प्रहरीले मध्यराती डाँका शैलीमा आक्रमण गरेको मधेशी मोर्चाका नेताहरुले आरोप लगाएका छन् ।
सोमबार विहानै संघीय समाजवादी फोरम नेपालका नेता जयराम यादवले हुलाकी न्यूजलाई गएराती करिब १२ बजे प्रहरीले जोगवनी नाकामा आक्रमण गरेको र केही नेतालाई पक्राउ गरेको जनाएका छन् ।
नाकामा धर्ना बसेका मोर्चाका कार्यकर्ताहरुलाई तितरवितर गर्न प्रहरीले हवाई फाईरसहित कुटपिट गरेको उक्त नेताहरुले बताएका छन् ।
यता स्थानीय पत्रकारहरुले दिएको जनकारीअनुसार नाकाबाट संघीय समाजवादी फोरमका नेताहरु भुराज राई र रामविलास यादव पक्राउ परेका छन् ।
गएको ९ दिनदेखि दुई नम्बर ढाठमा मधेशी मोर्चाका कार्यकर्ताहरुले पाल टाँगेर बस्दै आएका थिए ।
केही बेरमा मधेशी मोर्चाको बैठकबाट त्यस क्षेत्रमा पुनः धर्ना बस्न समिति निर्माण तथा शसक्त प्रतिकार गर्न सक्ने टिम तयारी गरिरहेको मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।