ओलीले पुनः गिज्याए मधेशीलाई, मानव साङलो नभई माखे साङलो भएको टिप्पणी
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम १७ आश्विन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपटक फेरि मधेशी जनतालाई होच्याउने प्रतिक्रिया दिएका छन् ।
शनिबार एक कार्यक्रममा अध्यक्ष ओलीले हुलाकी राजमार्गमा मधेशी समुदायले बनाएको किर्तिमानी मानव साङ्लोलाई माखे साङ्लो भनेर व्याख्या गरेका छन् । ओलीले भने, ‘यो मावन साङ्लो होइन, माखे साङ्लो हो । संविधान घोषणा भएपछि विकास गर्नुपर्नेमा अवरोध पार्ने गरी साङ्लो बनाइएको छ ।’
कार्यक्रममा ओलीले संविधानविरोधीहरुले संविधानको अपव्याख्या गरेको पनि आरोप लगाए । उनले नेकपा एमालेको एकताको उदाहरण दिँदै एमालेका नेता कार्यकर्ताले गाउँगाउँ पुगेर संविधानको व्याख्या गरेर सुनाउनुपर्ने जिकिर गरे ।
नेपाली जनताले सामाजिक सदभाव चाहेको र त्यसको नेतृत्व नेकपा एमालेले गर्नुपर्ने उनको भनाई थियो ।