अहिलेको संविधानमा सबैभन्दा बढी अधिकार मधेसी जनताले पाए, तै पनि असन्तुष्टि
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १६ असोज । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रमुख तीनदलसहित अन्य दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चको १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान जारी गर्दाका सहयात्री प्रमुख दल र बाहिर रहेका दलसहित राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो ।
“अहिले पनि नेपाली काँग्रेस, एमाले र एमाओवादीबीचको एकता अत्यन्तै महत्वपूर्ण छ, जसरी एकताबद्ध भएर तीनपार्टी र अन्य दलले संविधान जारी गरे संविधान कार्यान्वयनका लागि र आउने निर्वाचनसम्म उनीहरुको एकता कायमै राख्नुपर्छ । तीन दलसहित विजयकुमार गच्छदार र मधेस केन्द्रित दलको समेत सहभागितामा राष्ट्रिय सहमति र एकताको सरकार गठन हुनुपर्छ,”–उहाँले भन्नुभयो ।
एक अर्को प्रसङ्गमा नेता नेपालले मधेस आन्दोलनप्रति लक्षित गर्दै भन्नुभयो, “मधेसी दलले जनताको मन जित्ने राजनीति गर्नुपर्छ, मधेसका जायज मागलाई सम्बोधन गर्न दलहरु तत्पर हुनुपर्छ, अहिलेको संविधानमा सबैभन्दा बढी मधेसी जनताले अधिकार पाएका छन्, तै पनि उनीहरुकै असन्तुष्टि किन बढिरहेको छ, तर मलाई विश्वास छ, उहाँहरु सहमतिमा आउनुहुन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्