पकाहा मैनपुरमा शहिद शत्रुधन पटेलको श्रद्धान्जली सभा सम्पन्न ,हजारौं सहभागि मधेसीको शहिदको कुर्वानी खेर नजाने महतोको उदघोष(फोटोफिचर )
Advertise Here Book Now
वीरगंज,असोज १८
शहिद शत्रुधन पटेलको आज पर्सा जिल्लाको क्षेत्र नं. ४ अन्र्तगत गाबिस पकाहामैनपुर चौकमा श्रद्धान्जली सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले सरकारले बार्ताको नाममा नौटंकी गरिरहेको बताउदै मधेसको भुभाग एक ईन्च पनि पहाडमा मिसाउन नदिने बताए । मधेसवादी दलसंग भएको २२ बुदे र ८ बुदे सम्झौता लागु नगरे सम्म आन्दोलन नरोकिने बताउनुभयो । सरकार र प्रमुख तीन दल तथा केही ब्राम्हणवादी मिडियाहरुले मधेस आन्दोलनलाई बदनामा गर्ने चलखेल गरिरहेको बताउदै मधेस प्रदेशमा बस्ने सवै मधेसी हुन तर जसलाई चित बुझदैन उ अक्रै प्रदेशमा बसे हुन्छ । मधेस आन्दोलन उत्सर्कषमा पुगेको बताउदै आर या पारको अन्तिम लडाईमा सम्पुर्ण मधेसीहरु ईमन्दारीपुर्वक लाग्नुको साथै बहुरुपियाहरुबाट समेत सजक रहन आग्रह गरेका थिए । सभामा बोल्दै नेकपा माओवादीका संयोजक मातृका यादवले काँग्रेस ,एमाले र माओवादीले मधेस आन्दोलनलाई बदनाम गर्ने चलखेल भईरहेको बताउदै गोर्खाली मिडिया र सरकारले राजनितीक संस्कारको कमीका कारण बिशुद्ध मधेसी जनताले गरेको मधेस आन्दोलनलाई भारतसंग गाभेर बदनाम गर्ने चलखेल गरिरहेको बताउनु भयो । एक फरक प्रसंगमा यादवले मधेशलाई टुक्रा गरे वा मधेसको माँग पुरा नगरे मधेस छुटै देश बन्ने बताउनुभयो । नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले जारी मधेस आन्दोलनको क्रममा भईरहेको नाकाबन्दीलाई अझ सफल पार्नको लागि गाँउ गाँउबाट आएर नाका ठप्प गर्नुको साथै काठमाडौंको दाना पानी बन्द गरे मात्र यो बहिरो सरकारले सुन्वाइ गर्ने बताए । मधेसीको जायज माँग सम्बोधन गर्न ध्यान नदिएर सरकार बनाउने फोहरी खेलमा तिन दल लागेका आरोप लगाए ।तराई मधेस लोकतान्त्रिक पार्टीकि महिला नेतृ पिंकी यादवले पकहामैनपुरको पावन भुमिलाई नमन गर्दै अधिकार ,पहिचान र स्वभिमानको लडाईमा शहिद भएका शत्रुधन पटेलप्रति श्रद्धासुमन व्यक्त गर्दै मधेसमा अपराधि शैलीमा मधेसी जनतालाई हत्या गर्नु सरकारको कायरता भएको बताईन । मधेसमा रहेको काँग्रेस र एमाललेका बहुरुपियाहरुबाट सजक रहन मधेसी जनताहरुलाई आग्रह गर्दै मधेसका ५ जिल्ला मधेस प्रदेशमा नदिए सम्म आन्दोलन नरोकिने बताईन । भारत बिहार राज्यका जनता दल युनाईटेडका नेता भुवन पटेलले मधेस आन्दोलन आफनो बिजय लक्ष्यको अन्तिम अवस्थामा आएको हुनाले आन्दोलनकारीहरुलाइ एवं मधेसी मोर्चाका नेताहरुलाई धैर्य धारण गर्दै अगाडी बढन आग्रह गरेका थिए । मधेसमा अब भगत सिंह र चन्द्रशेखर आजाद जस्ता क्रान्तिकारीहरु जन्मिसकेको हुनाले मधेस मुक्ति कसैले रोक्न नसक्ने बताए ।नेपाल र भारतको सिमामा अर्थात मधेसमा आन्दोलन भइरहदा त्यसको असर बार्डरमा पर्नु स्वभाबिक रहेको बताउदै बेटी रोटीको सम्बन्ध मात्र नरहेको हाम्रो त रगतको सम्बन्ध रहेको स्मरण गराउदै घर जले पछि पडोसलाई समेत असर गर्छ त्यसकारण मधेस आन्दोलनमा आफनो तर्फबाट हुने सहयोग गर्ने बाचा गरेका थिए । साथै असोज ३ गते शहिद भएका शत्रुधन पटेलको परिवारलाई १० हजार आर्थिक सहयोग समेत गरेका छन् । तराई मधेस राष्ट्रिय अभियानका केन्द्रिय सदस्य शिपु तिवारीले मधेसमा रहेका केपी,कोईराला र दहाललाई तह लगाउदै मधेसलाई काँग्रेस ,एमाले र माओवादी मुक्त मधेस निर्माण गरे माात्र मधेसको मुक्ति सम्भव रहेको बताए । श्रद्धान्जली सभामा राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजकुमार यादव,पर्सा उपाध्यक्ष मन्जुर अंसारी,जिल्ला नेता किसोरी यादव,नेकपा माओवादी पर्सा ईन्र्चाज छोटेलाल यादव,पुर्व सभासद गोपाल ठाकुर,राष्ट्रिय मधेस आन्दोलन समितका नेता भरत साह,नेपाल सदभावना पार्टीका पर्सा सचिव सुजित त्रिपाठी,नेपाल परिवार दलका पर्सा अध्यक्ष ओमप्रकास सर्राफ,फोरम लोकतान्त्रिकका पर्सा जिल्ला नेता बिरेन्द्र यादव, फोरम गणतान्त्रिकका पर्सा उपाध्यक्ष नुरआलम अंसारी लगायतकाले सभालाई सम्बोधन गरेका थिए । उमेशलाल सहनीले सहजीकरण गरेको कार्यक्रम स्थानिय अगुवा अयज चौरसियाले संयोजन गरेका थिए । शहिद शत्रुधन पटेलको दाई धुव्र प्रसाद कुर्मीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।