दाहाल चीन जादै
Advertise Here Book Now
काठमाडौं (कास)–
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने गरी चीन जाने भएका छन्।
दाहाल अक्टोबर १५ मा राजधानी बेइजिङ जान लागेको स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चूडामणि खड्काले जानकारी दिए । ‘भ्रमणका क्रममा उहा“ले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुनेछ,’ खड्काले भने, त्यसक्रममा नेपालको संविधान निर्माण र त्यसपछिका राजनीतिक घटनाक्रमबार जानकार े ी गराउनुहुनेछ ।’ चिनिया“ कम्युनिस्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सिल्क रोड’ सम्बन्धी एसियाली राजनीतिक दलहरूको विशेष सम्मेलनमा पनि दाहालले सहभागिता जनाउने खड् काले बताए । ‘सम्मेलनमा सहभागिता मात्र भए त उहा“ले कसैलाई प्रतिनिधिका रूपमा पठाउनुहुन्थ्यो, तर उच्चस्तरीय भेट पनि गर्ने भन्दै उहा“लाई नै निम्त्याइएकाले आफैं जान लाग्नुभएको हो,’ उनले भने। यसअघि पनि
सम्मेलनमा सहभागिताका लागि गत चैत दोस्रो साता कुन्मिङ गएका दाहाललाई चिनिया“ अधिकारीहरूले विशेष विमानबाट बेइजिङ लगेर उच्चस्तरीय भेटवार्ता गराएका थिए
सम्मेलनमा सहभागिताका लागि गत चैत दोस्रो साता कुन्मिङ गएका दाहाललाई चिनिया“ अधिकारीहरूले विशेष विमानबाट बेइजिङ लगेर उच्चस्तरीय भेटवार्ता गराएका थिए