कोइराला, ओली र प्रचण्डलाई संकेत गरी लहानमा गद्दा जुलुस, एमालेलाई कुट्दै धपाउंदै
Advertise Here Book Now

लहान, १७ असोज । जारी मधेश आन्दोलनको ५० औं दिन आज लहानमा गाद्दा जुलुस प्रदर्शन गरेको छ । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शुशिल कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई गद्दाको संकेत गरि लहानका आन्दोलनकारीले जुलुस प्रदर्शन गरेको छ । प्रदर्शन पश्चात सहिद चौकमा कोणसभा भएको थियो । 
सो कोणसभामा मिशन मधेशका संयोजक एवं पत्रकार दिनेश्वर गुप्ता, एमालेका सत्यनारायण यादव, एमालेका मजदुर संगठनका प्रदीप चौधरी, माओवादीका उमेश साह, सद्भावनाका ध्रुव साहलगायतले मधेशीको माग जबसम्म पूरा हुंदैन् तबसम्म आन्दोलन जारी रहने र यस आन्दोलनमा मोर्चाका कुनै पनि नेताले वार्तामा गएर आन्दोलन समाप्त पार्न खोजियो भने तिनीहरुको अवस्था पनि सोही अनुरुप समाप्त पार्ने चेतावनी दिनुभएका थिए । मोर्चाका केही नेताहरु राजलाल यादव, राजु गुप्ता, विजय गुप्तालगायत ठाडी नाकामा धर्ना दिन जानुभएका थिए ।
त्यसैगरी, मोर्चाका केही नेतृत्वपंक्तिहरु एमालेका रामअवतार यादवले संविधानवारे भ्रम फैलाउंन हिडेका अवस्थामा सुखीपुरमा लाठी जुलुस प्रदर्शनमा सहभागी हुन जानु भएका थिए । लहानबाट कृष्णबहादुर यादव, बालेश्वर यादव, वीरेन्द्र यादवलगायत दर्जनौ व्यक्ति लाठी जुलुसमा सहभागी हुन गएका थिए । सुखीपुरमा भ्रम फैलाउंने रामअवतारलाई असोज १६ गते स्थानीय आन्दोलनकारीले कुटपिट गर्दै खेदेका थिए । एमाले अध्यक्ष केपी ओलीले मधेशको जिल्ला जिल्लामा संविधानवारे भ्रम फैलाउंन दुतहरु पठाएका छन् । मधेशमा यस्ता दुतहरुलाई आन्दोलनकारी खोजी खोजी कुट्ने गरेको जानकारीमा आएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्