वार्ताको सन्देश लिएर महन्थ मधेशतिर
Advertise Here Book Now

प्रमुख तीन दलको सन्देश लिएर मधेशी मोर्चाका नेता एवं तराईमधेश लोकतान्त्रिक पार्टीका नेता महन्थ ठाकुर मधेश झरेका छन् ।
ठाकुरले मङ्गलबार आफ्नै निवासमा तीन दलीय वार्ता टोलीसँग वार्ता गरेका थिए । वार्तामा तीन दलले मधेशको मागबारे आपूmहरु गम्भीर रहेको भन्दै २÷३ दिनभित्रै टुङ्गो लगाउने गरी छलफल गर्ने प्रस्ताव गरेका थिए ।
तर, ठाकुरले रौतहटको गौर जाने र मधेशी मोर्चाका नेताहरुसँग सल्लाह गरेर आउने बताएका छन् ।
स्रोतका अनुसार तीन दलले सकेसम्म नजान र नभए बुधबार मात्र जान आग्रह गरेका थिए । तर, ठाकुरले सल्लाह गरेर सकेसम्म भोलि साँझ नै फर्कने आश्वासन दिएका छन् ।
ठाकुर मधेशी मोर्चाले गौरको राइस मिल चौरमा आयोजना गरेको सभामा सहभागी हुनेछन् । त्यसक्रममा तीन दलले राखेको प्रस्तावबारे मधेशी मोर्चाका नेताहरुसँग छलफल गर्ने योजनासहित ठाकुर मधेश लागेका छन् ।
यसअघि सोमबार तीन दलीय वार्ता टोलीले तमलोपा अध्यक्ष ठाकुरसँग वार्ता गरेको थियो ।अाजको ब्लाष्ट टाईम्समा समाचार छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्