भोली देखी नाकाबन्दी खोलिने
Advertise Here Book Now
काठमाडौं । अन्ततः भारत सरकार झुकेको छ । उस्ले एक सातादेखि लगाउँदै आएको नाकाबन्दी खुलाउने सहमति गर्दै सोहै अनुरुपको निर्णय गरेको छ ।
सबैभन्दा बढी चहल पहल हुने वीरगञ्जको रक्सौल बाहेकका सबै नाकाबाट आपूर्ति सूचारु गराउने भारतीय निर्णय भएको हो ।
आज नयाँ दिल्लीमा बसेको साउथ ब्लकको बैठकले नेपालसँग मिलेर स्थानीय स्तरमा अनुगमन गरेर वीरष्ञ्ज बाहेक सबै नाका सूचारु गर्ने निर्णय गरेको हो ।
आज नयाँ दिल्लीमा बसेको साउथ ब्लकको बैठकले नेपालसँग मिलेर स्थानीय स्तरमा अनुगमन गरेर वीरष्ञ्ज बाहेक सबै नाका सूचारु गर्ने निर्णय गरेको हो ।
अनुगमन जारी रहेकोले आजैबाट नाका सूचारु हुने जनाइएको छ । बीरगञ्जमा आन्दोलनकारीहरुको संख्या बढी र बढी चहल पहल भएकोले त्यहाँ भने तत्काल सूचारु नहुने भएको छ ।
साउथ ब्लकले नेपालका प्रमुख राजनीतिक दलहरुले बार्ता थालेको र संविधान संशोधनको प्रक्रिया समेत अगाडि बढाएको अवस्थामा अब मधेसी नेताहरुलेपनि बार्ता गर्नु पर्ने निश्कर्स निकाल्दै नाका सूचारु गर्नु पर्ने निश्कर्स निकालेको हो ।
नेपाल र भारतवीच रहँदै आएको कन्फ्यूजन हटेकोले भारतले आफ्नो च्यानलबाट मधेसी नेताहरुलाई बार्ताबाट समस्याको समाधान खोज्न समेत आग्रह गरिरहेको बताईएको छ ।
भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले हिजो नयाँ दिल्ली पुग्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दुगलसँग भेटेर यथार्थ अवस्था बताएका थिए ।
नेपालले चीनसँगको नाका समेत खुलाउने तयारी थालीसकेको अवस्थामा भारतीय पक्षबाट आएको यो कदमलाई स्वागत योग्य मान्ने पर्छ । नेपालीहरुको महान् पर्व दशैं, तिहार छठ आउनै लाग्दा लगाइएको नाकाबन्दीले समस्या पैदा भएको थियो ।