१० सुरक्षाकर्मी र ५ सर्वसाधारण घाइते
Advertise Here Book Now
भैरहवा– रुपन्देहीस्थित सुनौली नाकामा अवरोध पु¥याउन धर्नामा बसेका आन्दोलनकारीले सोमबार
मध्याह्नदेखि त्यहा“ खटिएका सुरक्षाकर्मीमाथि दशगजाबाट ढुंगा प्रहार गर्दा दुई डीएसपीसहित १०
सुरक्षाकर्मी घाइते भएका छन्। आन्दोलनकारीले प्रहार गरको े ढुंगा लागेर ५ सर्वसाधारण घाइते
भएका छन्। घटनालगत्तै काम विशेषले सीमावर्ती भारतको सुनौली पुगेका चार नेपाली नागरिकमाथि
कुटपिट भएको थियो। उनीहरू रगताम्मे भएपछि नेपाल फर्किएका थिए । आन्दोलनकारीले
एकोहोरो ढुंगा बर्साएपछि सुनौली नाका तनावपूर्ण बनेको थियो। घटनापछि सोमबार सा“झसम्म
कुनै पनि मालवाहक गाडीको नाकाबाट आउजाउ भएको छैन । दिउ“सो साढे १२ बजे
दशगजा सिमानामा आन्दोलन गर्न आएका आन्दोलनकारीलाई केहीबेरको धर्नापछि त्यहा“बाट
हट्न आग्रह गर्न गएका नेपाली सुरक्षाकर्मीमाथि सिमानाबाट एक्कासि आन्दोलनकारीले ढुंगा
बर्साउन थालेका थिए । ‘आन्दोलनकारीलाई केहीबेर धर्नामा बसेपछि त्यहा“बाट अन्यत्र जान र नगएमा नियन्त्रणमा लिइने बताउनासाथ एक्कासि उनीहरूले ढुंगा प्रहार गर्न थाले,’ घाइते डीएसपी
कार्कीले भने, ‘उनीहरूले तयारीसाथ आक्रमण गरको े देखिन्छ ।’ मुख्य नाकामा १५ मिनेटजति ढुंगा बर्साएपछि उनीहरू सीमावर्ती भारतको सुनौलीतर्फ गएका थिए । मुख्य नाकादेखि करिब ५० मिटर पूर्वतर्फ दशगजा सिमानामा जम्मा भएर पुनः नेपालतर्फ ढुंगा प्रहार गरका थिए े । सुनौलीस्थित घरका छतबाट समेत नेपालतर्फ करिब आधा घण्टासम्म ढुंगा हानेको प्रत्यक्षदर्शीले बताए । ढुंगा प्रहारमा संलग्न तीन आन्दोलनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रामग्राम नगरपालिका नवलपरासीका रमेश यादव, भैरहवाको
एयरपोर्टका रामु यादव र रुपन्देहीको मझगवा मर्चवारका शिवदास यादवलाई प्रहरीले नियन्त्रणमा
लिएको हो। ढुंगा प्रहारलगत्तै काम विशेषले सुनौलीस्थत बैंकमा गएका बुटवल देवीनगरका गणेश
थापालाई रगताम्मे हुने गरी कुटपिट भएको थियो भने उनको झोला लुटिएको थियो। थापा भारतीय
सैनिकमा कार्यरत छन्। ढुंगा प्रहारबाट सशस्त्र प्रहरीका डीएसपी शंकर खनाल र नेपाल प्रहरीका डीएसपी रामेश्वर कार्की घाइते भएका छन्। उनीहरूस“गै सुरक्षामा खटिएका कमल भट्टराई, राम किशन यादव, पूर्णबहादुर थापा, अमृत बस्नेत, कमल थापा, विजय केसी, राकेश कुमार श्रीबास्तव, निरञ्जन पनेरू घाइते भएका छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ।