पत्रकार महासंघको वेभसाइट ह्याक, भारतीय झन्डा राखियो
Advertise Here Book Now
काठमाडौं, असोज १५ । पत्रकार महासंघको वेभसाइट ह्याक भएको छ ।
संघको वेभसाइट एफएनजे नेपाल डट ओआरजी ह्याक गरी ह्याकरहरुले भारतीय झन्डा राखेका छन् । वेभसाइट भारतीय ह्याकरहरुले ह्याक गरिदिएको सन्देश पनि उनीहरुले छोडेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा नेपालीहरुको ट्रेन्डिङ "ब्याक अफ इन्डिया" को जवाफमा ह्याकरहरुले "ब्याकअफ नेपाल" लेखेका छन् ।