वीरगञ्जमा झन कडा नाकाबन्दी
Advertise Here Book Now
सुक्खा बन्दरगाहमा १ लाख टनभन्दा बढी मालसामान थन्कियो
वीरगञ्ज, १८ असोज मुलुककै मुख्य नाका वीरगञ्जमा मधेसवादी मोर्चाले १२ दिन सोमबारबाट नाकाबन्दीलाई अझ कडा तुल्याएका छन् । नाकाबन्दी खुलेको हल्ला आएपछि त्यसलाई आन्दोलन तुहाउने खेल भन्दै नाकाबन्दी कडा बनाउने आन्दोलनकारी मार्चाका नेताले बताएका छन् । आज १२ दिन पनि मोर्चाका नेता तथा कार्यकर्ताहरु हजारोका संख्यामा धर्नामा बसेका छन । मधेस आन्दोलनका माग पूरा नभएसम्म आफूहरुले गरेको नाकाबन्दी सशक्तरुपमा जारी रहने संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए । उनले नाकाबन्दीलाई अझ व्यवस्थित बनाउने पनि स्पष्ट पारे ।
संविधान र प्रदेश सीमांकनको विरोधमा उत्रिएको मधेसवादी मोर्चाले आज १२ औं दिन सोमबार पनि संघिय समाजवादी फोरम नेपालका महासचिव रामसाह यादव,केन्द्रीय सदस्य बचा यादव,सदभावनाका केन्द्रीय सदस्य देवेन्द्र मिस्रा,केन्द्रीय सदस्य सरोज यादव,कामेश पडित मुस्तुफा अन्सारी,सेख जलसुदिन,हरियर यादव लगाएत हजारोको संख्यामा आन्दोलन कारि मितेरी पुलमा आज पनि धर्नामा बसेका छन ।
५१ दिनदेखि जारी बन्दका कारण आमजनताको दैनिकी अत्यन्त कष्टकर बनेको छ । पेट्रोलियम र दैनिक उपभोग्य बस्तुको अभावले दैनिकी कष्टकर बनेको हो । सोमबार नाकाबाट कुनै मालबस्तु भित्रिन नसकेको जानकारी वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले दिए । नाकाबन्दी अगावै वीरगञ्ज भित्रिएका केही मालबस्तु जाँचपास भए पनि ढुवानी हुन नसकेको भन्सारले जानकारी दिएको छ । उता वीरगञ्ज सुक्खा बन्दरगाहमा पनि एक लाख मेट्रिक टनभन्दा बढी उपभोग्य तथा औद्योगिक कच्चा पदार्थ थन्किएको छ । बन्दरगाहको काम र ढुवानी अवरोधका कारण मालबस्तु बन्दरगाहमै थन्किएको बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत देवीराम भण्डारीले बताए ।