मधेशी जनतालाई आफनो संबिधान आफै घोषण गर्न बाध्य नगरियोस् – प्रभु साह
Advertise Here Book Now
बारा, १५ असोज
संबिधान सभाबाट राजिनामा दिएका एमाओबादीका बिद्रोही नेता प्रभु साहले मधेशी जनताको हकअधिकार संबिधानमा नसमेटिए मधेशी जनता आफनो संबिधान आफै घोषण गर्न बाध्य हुने बताएका छन् ।कलैयाको भरत चौकमा आयोजित आम सभालाई सम्बोधन गर्दै नेता साहले ठुल्ला दलका मुठीभरका केही नेताहरुले मधेश र मधेशी जनतासंग बेइमानी गरेको आरोप लगाउँदै मधेशी जनताको अधिकार संबिधानमा सुनिश्चित गर्न अझै नचाहेको बताए ।
‘बेइमानी तरिकाले अधिकार बिहिनको संबिधान मधेशी, आदीबासी, जनजाती जनताले स्वीकार्दैनन्’ नेता साहले भने, ‘बिगतका दिनमा मधेशी, आदीबासी, जनजातीसंग सरकारले गरेको सहमति सम्झौतालाई पालना गर्दै संबिधानमा समेटनुपर्छ ।’
बिगत डेढमहिना देखी मधेशमा आन्दोलन हुदा समेत शासक बर्गले सुनेनन् तर एक हप्ताको नाकाबन्दीले उनीहरुलाई सोच्न बाध्य बनाएकोले आन्दोलन अझ सशक्त बनाउँनुपर्नेमा उनले जोड दिए ।
‘अहिलेकै संबिधानमा मधेशी, आदीबासी, जनजातीको हकअधिकार समेटर अघि बढनुपर्छ’ नेता साहले भने, ‘तर उनीहरु अधिकार दिन मानेनन् भने हामी हाम्रो संबिधान आफै बनाउँछौ, मधेशमा हाम्रो आफ्नै सरकार घोषणा हुन्छ, सेना, प्रहरी सहितको शासन प्रशासन हामी घोषणा गर्छौ ।’
अन्तरिम संबिधानमा समेत रहेका अधिकार कटौति गर्दै मधेशी, जनजाती, आदीबासीलाई शोषण गर्ने संबिधानको केही काम छैन् उनले भने । अधिकार माग्दा नसुन्ने शासक बर्गलाई लक्षित गरी आन्दोलन जारी गरिएकोमा उनले अधिकार प्राप्त नहुन्जेल सम्म लडिरहने उनले बताए ।
अहिले मधेशमा बिभिन्न मोर्चा बनाई संघर्ष गरिरहेकालाई एकिकृत गरी एउटै मोर्चा बनाएर लडन उनले आग्रह गरे । बिभिन्न मोर्चामा रहेर हामी लडिरहदा त्यसको फाईदा शासक बर्गले उठाउँने प्रयास गर्न सक्छन् त्यसैले हामी अधिकारको लागि लडिरहदा एउटै बृहत मोर्चा बनाएर लडनुपर्ने हुन्छ उनले भने ।
अहिले मधेशमा बिभिन्न मोर्चा बनाई संघर्ष गरिरहेकालाई एकिकृत गरी एउटै मोर्चा बनाएर लडन उनले आग्रह गरे । बिभिन्न मोर्चामा रहेर हामी लडिरहदा त्यसको फाईदा शासक बर्गले उठाउँने प्रयास गर्न सक्छन् त्यसैले हामी अधिकारको लागि लडिरहदा एउटै बृहत मोर्चा बनाएर लडनुपर्ने हुन्छ उनले भने ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आयोजनामा भएको सो कार्यक्रममा तराई मधेशमा आन्दोलनरत बिभिन्न दलका नेताहरुले समेत सो सभालाई सम्बोधन गरेको नेता मुकेश साहले बताए । बिभिन्न मधेश केन्द्रीत दलहरुले गर्दै आएको आन्दोलन शान्तिपुर्ण तरिकाले अघि बढाउँनुपर्नेमा बक्ताहरुले जोड दिएका थिए । आफ्नो अधिकार सुरक्षित नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताए । सभामा कलैया सहित बिभिन्न गाउँ गाउँबाट आएका हजारौको सहभागिता रहेको थियो ।